Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल

☰

ड्युटीमा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु

प्रतिक्षा खबर
२०७७ भाद्र २०, शनिबार १३:२९

२० भदौ, कैलाली । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ ।
डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी राति १२ बजेपछि ड्युटीमा खटिएका थिए । ‘५ नम्बर पोस्टमा ड्युटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘उनको उपचारको क्रममा आज बिहान मृत्यु भयो ।
ऐरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार बिहान ५ः५० मा उनको मृत्यु भएको थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर