Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु पुष्टि

प्रतिक्षा खबर
२०७७ भाद्र ९, मंगलवार २०:४१

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृत्यु हुनेमा काठमाडौं, महोत्तरी र बाराका दुई/दुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एक/एक जना छन् । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको छ ।
काठमाडौं, चाबहिलकी ७१ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । दमकी विरामी उनको दिर्घायु अस्पतालमा अस्पतालमा सोमबार मृत्यु भएको थियो । संक्रमण पुष्टि भने मंगलबार भएको छ ।
काठमाडौंका ६६ वर्षीय पुरुषको सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिस्वा नरगरपालिका–३ का ७५ वर्षीय बृद्धको मृत्यु भएको छ । चितवन क्यान्सर अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको जलेश्वर अस्पतालम मृत्यु भएको हो ।
महोत्तरीकै बलबाका ७७ वर्षीय बृद्धको प्रादेशिक अस्पताल, जनकपुरधाममा मृत्यु भएको छ । जनकी हेल्थ केयरमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनी सोमबार साँझ त्यहाँ भर्ना भएका थिए ।
बाराको सुवर्ण–४ का ७२ वर्षीय पुरुषको कोरोना अस्पताल गण्डकमा मृत्यु भएको छ । भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या आएपछि सोमबार अस्पताल लगिएको थियो ।
बाराकै महागढीमाई–४ का ५९ वर्षीय पुरुषको पनि गण्डकमै मृत्यु भएको छ । ४ भदौमा कोरोना पुष्टि भएका उनी भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।
कोरोना विशेष अस्पताल गण्डकमा उपचारका क्रममा मत्यु भएका पर्साको सुपौलका ६८ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीका ५३ वर्षीय कोरोना संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भएको छ । घरको छतबाट लडेर युनिभर्सल मेडिकल कलेजमा उपचाररत उनलाई कोरोना संक्रमण भएको चार दिन अघि मात्र पुष्टि भएको थियो ।
३२ साउनमा मृत्यु भएका कैलालीको बर्दगोरिया–५ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको स्वाब भदौ १ गते नै संकलन गरेको भएपनि मंगलबार मात्र रिपोर्ट आए

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर