Advertisement
ताजा खबर
महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव, प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड संकलन दल खोल्दै र छोड्दै रास्वपा पुगेका दीपक साह बने उद्योग मन्त्री अस्पतालले भर्ना लिएन, बबिताले फुटपाथमै बच्चा जन्माइन् उद्योगमन्त्री यादवले दिइन् राजीनामा औरही नगरपालिकाद्वारा ४० जना छात्रालाई साइकल वितरण

मधेश प्रदेश संघीय सरकारबाट सधैँ उपेक्षित छ : मुख्यमन्त्री यादव

प्रतिक्षा खबर
२०८० चैत्र २४, शनिबार १६:२६

बीरगंज, चैत्र २४ ।
काठमाडौँ —मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यावदले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउने र संघीयता ल्याउनसमेत मधेशको ‍महत्त्वपूर्ण भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने बताएका छन् । मधेशले अधिकारबिनाको संघीयता अपनाउनु परेको भन्दै उनले गुनासो समेत गरे ।
शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै मुख्यमन्त्री यादवले संविधान लागू गर्ने बेला वीरगन्जवासीले नाकाबन्दीका कारण भइरहेको अप्ठ्यारो र व्यापार घाटा सहेरै भए पनि संघीयता ल्याउन भूमिका खेलेको स्मरण गराए ।
‘वीरगन्जले त केन्द्र सरकारलाई धेरै थोक दिएको छ, केन्द्र सरकारले चाहिँ वीरगन्जलाई के दिएको छ ?’ उनको प्रश्न थियो, ‘संघीयता आएको ७ वर्ष भइसक्यो, मधेशका मुख्यमन्त्रीलाई कुन बेला को प्रमुख सचिव आउँछन्, प्रदेशका विकास-निमार्ण योजना कहिले सुरु र सम्पन्न हुन्छन् भन्ने थाहै हुँदैन ।’
केन्द्रको सत्ता गठबन्धन अकास्मात परिवर्तन हुँदा प्रदेशहरूमा समेत कम्पन आउने र थालिएका काम बीचमै अलपत्र पर्ने परिस्थितिबारे मुख्यमन्त्री यावदले प्रसंग निकाले । आफूले संघीय सरकारको अघिल्लो गठबन्धन छँदा मधेशमा सिँचाइ व्यवस्थापनका लागि करिब १ अर्बको परियोजना अघि सारेर टुंगोमा पुग्नै लागेका बेला केन्द्रमा नयाँ मन्त्रीमण्डल बनेपछि त्यो योजना अलपत्र परेको उनले उदहारण दिए । संघीय सरकारले बजेट बनाउँदा प्रदेशका उद्योगी-व्यापारीसँग पनि सल्लाह गर्न उनको सुझाव थियो ।
‘बजेट बनाउनेबेला ६५ लाख हाराहारी जनशंख्या भएको मधेश प्रदेशलाई १३ अर्ब विनियोजन गरिन्छ र जम्मा १२/१३ लाख जनसंख्या भएको कर्णाली प्रदेशलाई १९ अर्ब छुट्याइन्छ,’ उनले भने, ‘मधेशको एउटै महानगर वीरगन्जलाई बजेट छैन । नेपाल सरकारको आधाभन्दा बढी खर्च धान्ने मधेशको यस महानगरका उद्योगी व्यापारीलाई केन्द्र सरकारले सुविधा दिएको मलाई जानकारी छैन ।’ उनले जनसंख्याको आधारमा बजेट विनियोजन गर्न केन्द्र सरकारलाई अनुरोध गरेका छन् ।
निजगड-काठमाडौं फास्ट ट्रयाक र निजगडमा अन्तर्राष्ट्रिय विमानस्थलबारे प्रश्न उठाउँदै उनले देशलाई उल्लेख्य फाइदा हुने यी परियोजना मधेश प्रदेशमा परेका हुनाले यिनको निर्माण कार्य सुरु र समापन हुने कुनै निश्चित नहुनु दु:ख भएको अभिव्यक्ती दिए । ‘मधेश प्रदेश र वीरगन्ज बासीलाई सुरुदेखि विभेद भइरहेकोमा अब यो काम नहोस्,’ उनले भने, ‘मधेश विकसित नभए नेपाल पनि विकसित हुँदैन । त्यस्तै, जबसम्म निजामती कर्मचारी र प्रहरी प्रदेश मातहत आउँदैनन्, तबसम्म संघीयता कार्यान्वयन हुँदैन ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर