Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

शिक्षा सुधारका लागि स्वस्थ विधालय अभियान

प्रतिक्षा खबर
२०८१ मंसिर ६, बिहीबार १७:०३

जनकपुरधाम,मंसिर ६ गते ।
मानव जीवनको प्रमुख आधार स्तम्भ रहेको शिक्षालाई आत्मसात गर्दै सामुदायिक विधालयहरुमा प्रदेश सांसद रामअशिष यादवको परिकल्पना संचालित स्वस्थ विद्यालय अभियान “हेल्दी स्कुल” कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

मधेश प्रदेशका प्रदेश सांसद यादवको परिकल्पनामा थालिएको स्वस्थ विधालय अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ कनकपट्टी गाउँमा स्थापित श्री सरस्वती माध्यमिक विधालयमा अध्ययनरत वालवालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि आवश्यक ओैषधि पनि उपलब्ध गरिएको छ।

प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न भएको “हेल्दी स्कुल” स्वस्थ विद्यालय अभियानमा स्वस्थ विद्यालय कार्यक्रम का संयोजक डा निरन्जन कुमार गोईत, डा जितेन्द्र जयसवाल,डा बैधनाथ यादव,डा रामबाबु यादव, डा कृष्ण पाल महतो, डा संजिब यादव र डा बुधराम यादव सहितका चिकित्सकहरुले वालवालिकाहरुलाई स्वास्थ्य परिक्षण गरेको कुरा प्राधानाध्यपक सुनिल कुमार मल्लिकले जानकारी दिएका छन।

स्वास्थ्य जांच को क्रममा केही वालवालिकाहरुको दांत,आँखा र कानमा सामान्य समस्या देखिएको कुरा स्वस्थ विधालय “हेल्दी स्कुल” कार्यक्रमका संयोजक डा निरन्जन कुमार गोईतले जानकारी दिएका छन।
हेल्दी स्कुल कार्यक्रममा जसपा,नेपाल वार्ड समितिका अध्यक्ष दुखी यादव, स्थानीय अभिभावक जगदेव यादव,मोतिलाल यादव,किशोरी यादव सहित विधालयका शिक्षकहरुको सहभागिता रहेका छन।

देश र प्रदेशको कर्णधार वालवालिकाहरुलाई मानसिक तथा शारीरिक रुपामा स्वस्थ पार्न तथा सामुदायिक विधालयको शैक्षिक अवस्थामा सुधारका साथै शिक्षक प्रोत्साहन गर्न उदेश्यले सामुदायिक विधालयहरुमा “हेल्दी स्कुल” स्वस्थ विधालय अभियान थालिएको कुरा हेल्दी स्कुल कार्यक्रम का संयोजक डा निरन्जन गोईतले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर