Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

महाेतरीमा काेराेना संक्रमणबाट एक जनाकाे मृत्यु

प्रतिक्षा खबर
२०७७ श्रावण ७, बुधबार ०९:५६

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मडैका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल भर्ना भएका उनको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि मृत्यु भएको हो ।
अस्पताल आउँदा उहाँ गम्भिर अवस्थामा हुनुहुन्थ्यो,’ प्रतिष्ठानका प्रवक्ता डाक्टर सापकोटाले भने, ‘आईसीयू केयरमा उपचार गर्दै पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।’ ती पुरुषको गएराति नै अन्त्यष्टि गरिएको उनले बताए ।
उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।
योसँगै प्रतिष्ठानमा उपचारका लागि आएका दोस्रो कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि सप्तरीको राजविराजका एक जनाको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर