Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

रिंकु मृत्यु प्रकरणमा चारवटा मुद्दामा पञ्चसहित ८ जनाविरुद्ध पूरक जाहेरी दर्ता

प्रतिक्षा खबर
२०८१ फाल्गुन ८, बिहीबार २२:३८

८ फागुन, जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा ८ जनाविरुद्ध पूरक जाहेरी परेको छ ।

सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले चारवटा मुद्दामा ८ जनाविरुद्ध इलाका प्रहरी कार्यालय, लहानमा जाहेरी दिएको हो ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी परेको हो । सामूहिक बलात्कारमा संलग्न तीन जना र गाउँमै मिलाउन खोज्ने ५ जना पञ्चमाथि जाहेरी दिएको पीडित परिवारले जनाएको छ ।

पुरक जाहेरी दर्ता भएर अनुसन्धान अघि बढाएको सिरहाका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । ‘ पीडित पक्षबाट पूरक जाहेरी आजै दर्ता परेको छ। जाहेरीको आधारमा हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाउछौं । अहिलेसम्म कोही पक्राउ परेका छैनन् फरार भएकाहरूको खोजी कार्य जारी छ।’ उनले भने ।

गत माघ ३० गते रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुमाथि सामूहिक बलात्कार भएको थियो ।

सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । वडासदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो । जसमा पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो ।

सो घटनामा मधेश प्रदेश प्रहरी कार्यालय छानबिन समिति गठन गरी अनुसन्धान गरिरहेको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर