Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

महाेतरी जिल्लाका ६६३२ किसानहरुकाे कृषि ऋणको ब्याज प्रदेश सरकारले तिर्याे

प्रतिक्षा खबर
२०७७ श्रावण २, शुक्रबार २१:०४

प्रदेश नम्बर २ को सरकारले शुक्रबार तेस्रो चरणमा महोत्तरी जिल्लाका ६ हजार ६ सय ३२ किसानलाई ४ महिनाको कृषि ऋणको ब्याज तिरिदिएको छ ।
महोत्तरीको जलेश्वरमा आयोजित एककार्यक्रममा प्रदेश नम्बर दुईका भूमि व्यवस्था, कषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले जिल्लामा विभिन्न बैंक वित्तिय संस्था र सहकारी संस्थाबाट ५ लाखसम्म कृषि ऋण लिएका कृषकहरुको चार महिनाको ब्याज बराबरको रकमको चेक सम्बन्धित बैंकलाई हस्तान्तरण गरेका छन् ।
कोभिड–१९महामारीकाकारण लकडाउन हुँदा किसानहरु सबभन्दा बढी समस्यामा परेको भन्दै मन्त्री साहले चैत, वैशाख, जेठ र असार महिनाको कृषि ऋणको ब्याज तिर्ने मन्त्रालयको योजना अनुरुप उक्त चेक हस्तान्तरण गरेका हुन्।
जिल्लामा कुल १३ हजार २ सय २९ जना कृषकले ब्याज तिरिदिन मन्त्रालय अन्तर्गतको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आवेदन दिएकामा ५ लाख रुपैयाँभन्दा कम ऋण लिएका ६ हजार ६ सय ३२ जना कृषकको चार महिनाको ब्याज पहिलो चरणमा तिरिएका हुन् । ती कृषकहरुले विभिन्न ६४ वटा बैंक, वित्तिय संस्था र सहकारी संस्थाबाट कृषि ऋण लिएका थिए ।
मन्त्री अनुसार ती किसानहरुको ब्याज बापत २ करोड, ५१ लाख, ४० हजार ४४ रुपैयाँ ६२ पैसा मन्त्रालयले बैंकहरुमा बुझाइएको बताए ।
मन्त्री साहले भने आठ वटै जिल्ला भरी ८० हजारमध्ये कृषिक फार्म भरेकोहो जस मध्य पहिलो चरणमा प्रदेशभरिका ५० हजार कृषकको चार महिनाको ब्याज तिरिने बताएका हुन् ।
कार्यक्रममा विष्ट आतिथ्य प्रदेश नम्बर दुईका समाजिक विकास राज्य मन्त्री अभिराम शर्माले भने – ‘प्रदेश २ को सरकार पाँच वटा निर्माण गरेको छ। शिक्षा ,स्वास्थ , सुशासन ,सिचाइ ,सडक यो पाँच वटा फर्मुलाले निमार्ण हो
त्यस्तै कार्यक्रममा विष्ट आतिथ्य प्रदेश नम्बर दुईका आन्तरिकमामिला तथाकानुन राज्य मन्त्री सरोज प्रसाद कुशवाहाले आफ्नो धारणा राखेका थिए ।
जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश प्रसाद सिंहको अध्यक्षता भएको कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटवाल , जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र उपस्थित थिए । सो अवसरमा कृषि विकास बैंक जलेश्वर महोत्तरी शाखाका प्रबन्धक रामपदार्थ साहलाई मन्त्रीले नमुना चेक हस्तान्तरण गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर