Advertisement
ताजा खबर
सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव

☰

सशसत्र प्रहीकाे हत्या अभियुक्त खुल्लेअाम खुमदै

प्रतिक्षा खबर
२०७७ असार २९, सोमबार २०:२७

रामगाेपालपुर: महोत्तरी जिल्लामा कार्यरत्त सशस्त्र प्रहरीको प्रहरी सहायक निरिक्षक(असई) थमन बि कको हत्याका फरार अभियुक्त खुल्लेआम घुम्दै छन् ।
हत्याको मुख्य अभियुक्त मानिएका महोत्तरी जिल्लाको सोनमा गाउँपालिकाको वडा नम्बर ५ खैरबन्नी घर भएका काैशल कुमार यादवलाई प्रहरीले हाल सम्म पक्राउ गर्न सकेकाे छैन् ।उनी प्रहरीको सुचीमा फरार अभियुक्त हुन् ।
२०७२ सालको भदौ २८ गतेकाे मधेश अान्दाेलन चलिरहदा बीकलाई घाइते अवस्थामा यादवले हत्या गरेको आरोप लागेकोछ ।जलेश्वरबाट उपचारका लागि जनकपुर ल्याउदै गरेको बेला उनलाई एम्बुलेन्स रोकेर कुटपिटगरि यादवले हत्या गरेको आरोपछ ।
सशस्त्र प्रहरी असई बीकको हत्या अभियोगमा दुई जना पूर्पक्षका लागि कारागारमा छन् ।घटनामा संलग्न नरहेकाहरुलाई तारेखमा रिहा गरिएकोछ । तर काैशल कुमार यादव मुख्य अभियुक्त भएपनि प्रहरीले उनलाई पक्राउ गर्न चासो देखाइरहेको छैन् ।
तत्कालिन संघिय समाजवादी पार्टीबाट प्रदेश सभासदमा निर्वाचित भएका यादव लामो समय लुकेपनि हाल खुल्लेआम घुम्दैछन् ।
बीकको हत्याको मुख्य अभियुक्त मानिएका यादव प्रदेश सभामा लुकिछिपी हाजिर गर्ने र तलब भत्ता लिने गरेका छन् ।उनलाई पक्राउ नगरिएकै कारण प्रहरीको मनोबल समेत खस्केको बताइन्छ ।
प्रहरी हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रतिनिधि सभासदस्य (सांसद)रेशम चौधरी जेलमा छन् ।उनी स्वयं अदालतमा हाजिर भएका थिए ।त्यसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।तर प्रदेश सभासदस्य यादवलाई प्रहरीले अझै कार्वाहीको दायरामा ल्याएको छैन् ।सुरक्षा, कानुनको पालना, विपद्मा अग्रभागमा रहने प्रहरीको हत्यामा संलग्न रहेकाहरुलाई समेत कानुनको दायरामा नल्याउँदा समाजमा समेत भयत्रास बढनु अस्वभाविक नरहेको बताइन्छ । तर कोशल कुमार यादवलाई प्रहरीले हाल सम्म पक्राउ गर्न सकेको छैन् ।उनी जिल्ला प्रहरी कार्यालयमा कमै जाने गरेपनि थाना चौकीहरुमा उनी बढी गइरहेकाे बताइन्छ ।
असई बीकको हत्यामा संलग्न रहेका यादव अदालतमा मुद्दा जानु अगाडी सम्म लुकेका थिए ।तर अदालतमा मुद्दा पुगेसँगै उनी प्रदेश सभा चुनावमा निर्वाचित भएर उल्टै धाकधम्की देखाउँदै आएका छन् ।
उक्त घटनामा राजनीतिक पुर्वाग्रहको अधारमा अभियुक्त बनाइएका प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र(शाहीजी), राजपाका केन्द्रीय महासचिव सुरेश पाण्डेय लगायत सधारण तारेखमा रिहा भइसकेका छन् ।
महोत्तरी जिल्लाका प्रहरी प्रमुख टिका बहादुर केसीले कौशल यादव फरार अभियुक्तको सुचीमा रहेको जानकारी प्राप्त भएको उल्लेखगर्दै उनलाई खोजी थालिने बताए ।
सो मुद्दाका अभियुक्तहरु मध्ये पछिल्लो पटक महोत्तरी जिल्ला गौशाला नगरपालिकाका लक्ष्मी महतोले १ लाख धरौटीमा अदालतबाट छुटेका छन् ।तर यादव अझै प्रहरीलाई झुक्याउदै वर्चस्व बनाउन थालेका छन् ।एकजना सुरक्षा अधिकारीले प्रहरी हत्याको अभियुक्त नै खुल्लेआम घुम्ने तर सर्वसधारणलाई पक्राउगरि बहादुरी लिने प्रवृती देखिएको बताए ।
प्रदेश २ को प्रदेश सभामा अदालतले उनी फरार रहेको पत्र नपठाएको कारण यादवको सेवा सुविधा नरोकिएको सचिवालयले जनाएकोछ ।नियमित रुपमा सभासद यादव सदनमा भाग नलिएपनि कहिले काहीँ आएर हाजिर गरेको सचिवालयले बताएकोछ ।प्रदेश सभामा नियमित रुपमा अनुपस्थित रहने सभासदलाई सभामुखले निलम्बन गर्ने प्रावधान रहेकोछ ।तर त्यो प्रावधानलाई छल्न यादवले लुकिछिपी सदनमा हाजिर हुने गरेको बताइएकोछ ।सभार जनकपुर टुडु

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर