Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मुटुको समस्या देखिएपछि सिरोहिया जनकपुरकाे काव्या अस्पतालमा भर्ना

प्रतिक्षा खबर
२०८१ जेष्ठ १२, शनिबार ०६:४७

११ जेठ, । नागरिकतासम्बन्धी मुद्दामा हिरासत राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् ।
चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पहिले देखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।
तर प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको त्यहाँस्थित डाक्टर एसके सिंहले अनलाइनखबरसँग बताए ।
‘मुटुको ब्लकेज समस्या आएपछि मुम्बईमा एन्जिओग्राफी गराउनुभएको रहेछ, अहिले पनि ग्रान्डीमा फलोअपमा रहनुभएको बुझ्यौं’ सिंहले भने, ‘क्रिटिकल कन्डिसनमा हुनुहुँदोरहेछ भन्ने थाहा पायौं । ईसीजी हेर्दा स्थिर देखिए पनि अरु समस्या बढ्ता छ । परीक्षणको रिपोर्ट प्राप्त भइनसकेकाले छदेखि आठ घन्टाको बीचमा फेरि परीक्षण गराउनुपर्छ ।’
चिकित्सकहरुले सिरोहियाको पछिल्लो अवस्थाबारे कार्डियोलोजिस्ट डा ओममूर्ति अनिललाई टेलिफोनमार्फत् ब्रिफिङ गराएका छन् । अनिलले सिरोहियाको स्वास्थ्य समस्यालाई हेर्दै आएका छन् ।
मंगलबार कान्तिपुरबाट गिरफ्तार सिरोहियालाई प्रहरीले जनकपुर लगेको थियो । सिरोहिया शुक्रबार अपराह्नसम्म सामान्य अवस्थामा रहे पनि हिरासतमा स्वास्थ्य प्रतिकुलता भोगेका थिए । उनलाई मुटुको चालमा कठिनाई परेको र रिंगटा लागेको थाहा पाएपछि परिवारले तुरुन्त अस्पताल पठाउन आग्रह गरेका थिए । तर प्रशासनले ढिलासुस्ती गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
सिरोहियाका वकिल रमन कर्णले उनको अवस्थाबारे समयमा अवगत गराउँदा गराउँदै पनि ढिलासुस्ती गरिएको भन्दै असन्तोष जनाए ।
कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध रिपोर्ट प्रकाशित गर्दैआएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् ।
धनुषा जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासत राख्न शुक्रबार म्याद थप गरेको छ । अधिवक्ता कर्णका अनुसार नागरिकताकै समस्या देखाइएकाले उनीसँग नागरिकता नम्बर मिलेको भनिएका अर्का व्यक्तिको खोजी अहिलेसम्म नगरिएको भन्दै कानुन व्यवसायीहरुले प्रश्न उठाएका छन् ।
प्रकाशक सिरोहिया पक्राउबारे देशभित्रका र अन्तर्राष्ट्रिय संस्थाहरुले चासो व्यक्त गर्दै शीघ्र रिहाईको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर