Advertisement
ताजा खबर
दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक

प्रदेश २ मा एकैदिन थपिए ३४८ जना कोरोना संक्रमित

प्रतिक्षा खबर
२०७७ असार ३, बुधबार १९:३३

प्रदेश २ मा एकैदिन थपिए ३४८ जना कोरोना संक्रमित
३ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा २१ जना महिलासहित ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित हुनेमा महोत्तरीका २००, रौतहटका १११, धनुषाका २६, सर्लाहीका ६, बाराका ४ र सिराहाका एक जना छन् ।
महोत्तरीको सम्सी गाउँपालिकाका १ देखि ६० वर्ष उमेर समूहका १७६ जना पुरुष र ६ वर्षीया बालिकासहित १९ देखि ४० वर्ष उमेर समूहका ६ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
महोत्तरीकै बलवा नगरपालिकाका १२ जना, पिपरा गाउँपालिकाका ४ जना र अन्य २ जना संक्रमितको विवरण खुल्न सकेको छैन। सिराहाको भगवानपुर गाउँपालिकाका १७ वर्षीय किशोरमा संक्रमण पुष्टि भएको छ । धनुषामा २ जना महिला र २४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिकाकी ३२ वर्षीया एक महिला, २४, ३६ र ५० वर्षीय ३ पुरुषमा संक्रमण पुष्टि भएको छ । सर्लाहीकै मलंगवा नगरपालिका ३८ र ४८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट जिल्लाको परोहा नगरपालिकाका ४५ वर्षीया एक महिला, १ देखि १८ वर्ष उमेर समूहका ७ जना पुरुष र १९ देखि ६० वर्ष उमेर समूहका १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटकै दोवाही गोनाही नगरपालिकाका १ देखि १८ वर्ष उमेर समूहका ४ जना र १९ देखि ४० वर्ष उमेर समूहका ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । रौतहटकै मौलापुर नगरपालिकाका १९ देखि ४० वर्ष उमेर समूहका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
रौतहटकै ईशनाथ नगरपालिकाका १३ महिनाका एक जना बालक, ८ र १५ वर्षीया दुई जना बालिका, २५ र ३२ वर्षीया दुई जना महिला र २३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।
रौतहटकै बौधीमाई नगरपालिकाका ११ र १२ वर्षीय दुई जना बालक र १९ देखि ५१ वर्ष उमेर समूहका ९ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहट जिल्ला उल्लेख भए पनि ठेगाना खुल्न नसकेका ३५ वर्षका ३ जना महिला र ४ वर्षीया एक बालिका, १ देखि ६० वर्षका ५७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बारा जिल्लाको पचरौता नगरपालिकाका ३५ वर्षीय एक जना पुरुष, कलैयाका १९ वर्षीय एक जना पुरुष र सिमरौनगढ नगरपालिकाका १८ र ३८ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर