दुर्घटनामा पाँच जनाको मृत्यु भएको र दूई जना गम्भीर घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।

देहरादुनबाट उडान भरेको हेलिकप्टर उत्तरकाशी गंगनानी नदि नजिक दुर्घटना भएको बताइएको छ । हेलिकप्टर दुर्घटनाको सूचना पाए लगतै उद्धारटोली घटनास्थल पुग्न लागेको हो ।