Advertisement
ताजा खबर
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्‍याे उपेन्द्र यादवको पक्षमा फैसला रविको भारत भ्रमण मधेसीलाई राजनीतिक रूपमा किनारा लगाउने रणनीति : सिके राउत चोरी गर्न आएका समूहको गोली लागेर दुई जना घाइते भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडाैंमा भाेलि बिहान ११बजेसम्म पसल खाेल्ने निर्णय

प्रतिक्षा खबर
२०७७ जेष्ठ २२, बिहीबार ०६:४७

काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।
साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।
महासंघका महासचिव अञ्जन शाक्यले बिहीबारदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताए ।
लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको उनले बताए । ‘हामीले कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं,’ शाक्यले भने, ‘व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको हामी पालना गर्छाैँ ।’
तर, सरकारले जेठ ३२ सम्म लकडाउन घोषणा गरेको छ भन्ने प्रश्नमा शाक्यले भने, ‘पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने हुन्छ ।’
यसैबीच सरकारले लकडाउन खुकुलो बनाउने र मोडालिटी परिवर्तन गर्ने बताएसँगै मंगलबार र बुधबार राजधानीका सडकमा सवारी साधनहरु बाक्लै गुड्न थालिसकेका छन् । कतिपय ठाउँमा यातायात जामसमेत हुन थालेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर