Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

प्रादेशिक अस्पतालमा ल्याबको गलत रिपोर्ट दिनेलाई कारबाही गर्न मुख्यमन्त्री यादवको निर्देशन

प्रतिक्षा खबर
२०७९ फाल्गुन ३०, मंगलवार २०:०४

३० फागुन, जनकपुरधाम। प्रादेशिक अस्पताल जनकपुरको ल्याबमा गलत रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न मधेश सरकारले निर्देशन दिएका छन् ।
‘प्रादेशिक अस्पतालको प्रयोगशालाले गलत रिपोर्ट दिएको समाचार प्रकाशित गरेपछि मुख्यमन्त्री सरोजकुमार यादवले अस्पतालको आकस्मिक निरीक्षणसमेत गरेका छन् ।
सोमबार अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री यादवले निर्देशक डा. प्रमोद कुमार यादवलगायत ल्याबको गलत रिपोर्ट दिनेहरुमाथि कारबाही गर्न सामाजिक विकास मन्त्री सुरिता साहलाई निर्देशन दिएका हुन् ।
अस्पतालको सेवाको अवस्थाको विषयमा छड्के अनुगमन गर्दा निर्देशक सहितका धेरै चिकित्सक अनुपस्थित थिए । मुख्यमन्त्री यादवले निर्देशक पदबाट हटाउन र गलत रिपोर्ट दिने ल्याबका कर्मचारीमाथि कारबाही गर्न प्रतिष्ठानका सहकुलपति समेत रहेकी समाजिक विकास मन्त्री साहलाई निर्देशन दिएका हुन् ।
उपराष्ट्रपतिको चुनावका कारण निर्वाचन आचार संहिता लागेको बताउँदै उनले आचार संहिता हटेपछि अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन गर्न निर्देशन दिए ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत आएको एकवर्ष यता प्रादेशिक अस्पतालको उपचार सेवा अस्तव्यस्त बनेको छ । प्रतिष्ठान र प्रादेशिक अस्पतालका पदाधिकारी तथा कर्मचारीबीच छैन। सेवा भद्रगोल भएपछि प्रादेशिक अस्पतालभा भएको उपकरण थन्क्याएर रेफर सेन्टमा परिणत भएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर