Advertisement
ताजा खबर
सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश जिल्ला सभापति शुभम् कुमार यादव र डा. अशोक कुमार यादवको सक्रियतामा क्षेत्र नं. ४ मा पार्टी प्रवेश कार्यक्रम चल्दै सोनमा गाउँपालिकामा महिला स्वास्थ्य स्वयंसेविका र नगर प्रहरीलाई साइकल वितरण मधेशको संघर्ष, उपेन्द्र यादवको राजनीतिक यात्रा र राष्ट्रिय परिवर्तनमा उहाँको योगदान मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते विश्वासको मत लिने महोत्तरीको सोनमा–६ मगरथाना बजारमा रास्वपाको पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रम हुने जसपा नेपाल कर्जन्हा नगर समितिको बैठकमा पार्टी गतिविधि तीव्र बनाउने निर्णय मधेशमा नयाँ सरकार गठनको कसरत तीव्र, जसपा नेपालभित्र विभाजनको जोखिम बढ्दै पटका पड्काउने क्रममा छर्रा लागेर बालकको मृत्यु

☰

पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश

प्रतिक्षा खबर
२०८३ कार्तिक २५, बुधबार २२:३१

महोत्तरी, २०८३ कार्तिक २५।
महोत्तरीमा नेकपा (एमाले) को राजनीतिक शक्ति थप बलियो बन्दै गएको छ। पिपरा गाउँपालिकाका पूर्व निर्वाचित अध्यक्ष विक्रम चौधरीसहित जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य सरोज कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा चौधरीसहित विभिन्न तहका नेता तथा कार्यकर्ताले एमालेको सदस्यता ग्रहण गरेका हुन्।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई पूर्व मुख्यमन्त्री यादवले पार्टीमा स्वागत गर्दै उनीहरूको आगमनले महोत्तरीमा एमालेको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

उहाँले पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसात् गर्दै जनताको पक्षमा इमानदारीपूर्वक काम गर्न नवप्रवेशीहरूलाई आग्रह गर्नुभयो। साथै, जनताको विश्वास जित्ने गरी संगठन विस्तार र विकास निर्माणका काममा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
पिपरा गाउँपालिकाका पूर्व निर्वाचित अध्यक्ष विक्रम चौधरीजस्तो स्थानीय तहमा अनुभव प्राप्त नेतृत्व एमालेमा प्रवेश गर्नुलाई जिल्लाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
पार्टी प्रवेशसँगै महोत्तरीमा एमालेको संगठन विस्तार तथा आगामी राजनीतिक गतिविधिमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर