महोत्तरी।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच भएको पार्टी समायोजनपछि महोत्तरी जिल्ला अध्यक्षमा रामनरेश यादव मनोनीत हुनुभएको छ।
पार्टी समायोजनपछि महोत्तरी जिल्लाको नेतृत्वको जिम्मेवारी पाउनुभएका यादवलाई विभिन्न नेता तथा कार्यकर्ताहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
नयाँ जिम्मेवारीसँगै यादवको नेतृत्वमा पार्टी संगठन थप सुदृढ हुने, कार्यकर्ताबीच एकता र सहकार्य बढ्ने तथा जिल्लामा पार्टीको राजनीतिक गतिविधि थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नवनियुक्त जिल्ला अध्यक्ष यादवलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरिएको छ।







