Advertisement
ताजा खबर
सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव

☰

सन्दीप लामिछानेको मुद्दा : बहसमा समय निर्धारण, आजै फैसला सुनाउने तयारी

प्रतिक्षा खबर
२०८१ जेष्ठ १, मंगलवार १६:४३

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दाको उच्च अदालत पाटनमा बहस जारी रहेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ ।
सरकारका तर्फबाट सह-न्यायाधिवक्ता रत्नकेशरी महर्जन र उप न्यायाधिवक्ता प्रकाश घिमिरेले बहस गरेका छन् । उनीहरूपछि लामिछानेका कानुन व्यवसायीहरूले बहस थालेका थिए ।
न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरिरहेका छन् । हालसम्म लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ,कृष्ण सापकोटा, मुरारी सापकोटा,सरोजकृष्ण घिमिरे, रामनारायण विडारी र रोशनी पौडेल लगायतले बहस गरेका छन् ।
लामिछाने निर्दोष भएको र उनले जबरजस्ती नभई सहमतिमै शारीरिक सम्बन्ध राखेको दाबी उनीहरूले गरेका छन् । उनीहरूको बहस सकिएपछि जाहेरवालाका तर्फबाट आश्मा आचार्यले बहस थालेकी छन् । जाहेरवालाका तर्फबाट मोहना अन्सारी दिनेश त्रिपाठी लगायतले बहस गर्ने तयारी गरेका छन् । उनीहरूको बहसपछि फेरि सरकारी वकिलहरूले जवाफी बहसका लागि समय पाउने छन् । सरकारी पक्षको जवाफ पछि न्यायाधीशहरुले आज नै फैसला सुनाउने तयारी गरेका छन् ।
यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । उक्त फैसलामा चित्त नबुझाउँदै सरकार र लामिछाने दुवै उच्च अदालत पाटन आएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर