साेनमा ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ७, सुन्दरपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शुभचिन्तक तथा स्थानीय भद्रभलादमीहरूको उपस्थितिमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ७, सुन्दरपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शुभचिन्तक तथा स्थानीय भद्रभलादमीहरूको उपस्थितिमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

रास्वपा महोत्तरीका जिल्ला अध्यक्ष शुभम कुमार यादवको अध्यक्षता तथा पार्टीका सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवको विशेष सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
हिन्दूहरूको महान् चाड दीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागीहरूले एक-अर्कालाई पर्वको हार्दिक शुभकामना व्यक्त गरेका थिए।

शुभकामना आदानप्रदानका साथै कार्यक्रममा उपस्थित स्थानीय, भद्रभलादमी तथा दलका शुभचिन्तकहरूबीच समाजमा आपसी सद्भाव, एकता र भाइचाराको भावनालाई अझ मजबुत बनाउने विषयमा आत्मीय छलफल र कुराकानी समेत भएको थियो। चाडपर्वहरूले सामाजिक एकता र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास नेताद्वय तथा सहभागीहरूले व्यक्त गर्नुभएको थियो।







