Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

बेपत्ता चलितर २५ वर्षपछि घर फर्किए

प्रतिक्षा खबर
२०८१ कार्तिक १८, आईतवार १९:१९

१८ कात्तिक, जनकपुरधाम । २० वर्षभन्दा बढी समयदेखि बेपत्ता धनुषाका एकजना घर फर्केका छन् । धनुषाको बटेश्वर गाउँपालिका-१, लक्ष्मीनिवास सोनापुरका ५८ वर्षीय चलितर महतो आज गाउँ फर्केका हुन् ।

युवा अवस्थामै मजदुरीका लागि पञ्जाव गएका उनी बेपत्ता भएका थिए । वर्षौंसम्म घर नफर्किँदा उनको मृत्यु भइसकेको घरपरिवारसहित गाउँलेको आकलन गरिसकेका थिए । तर २५ वर्षपछि अचानक गाउँ आइपुगेपछि घरपरिवारसहित गाउँले उत्साहित भएका छन् ।

घर फर्केका महतो आफूलाई पञ्जावको एक जिम्मेवारले बन्धक बनाएर श्रम गराएको बताए । ‘मलाई मालिकले बन्धक बनाएर श्रम गरायो । बाहिर जाने नाम लिँदा काटेर फालिदिन्छु भन्थे । डरले बाहिर निस्किन सकिरहेको थिएन । त्यहाँ गाईवस्तु पाल्ने काममा मलाई लगाएको थियो’, महतोले  भने ।

भारत बिहार सितामढीका मंगल महतो भन्ने मान्छे जिम्मेवारको घरको कामको क्रममा चिनजान हुँदा आफू बन्धकबाट उन्मुक्ति पाएको उनको भनाइ छ । त्यहाँ मंगल महतो भन्ने मान्छे पहलकदमी लिँदा परपञ्चायत भएको थियो । त्यसपछि घर फर्किन दिन साहु सहमत भएको चलितरको भनाइ छ ।

बन्धक बनाएर काम गराउँदा उनको एक रुपैयाँ समेत पारिश्रमिक नदिएको उनले गुनासो गरे । यद्पि आफू उन्मुक्ति भएर गाउँ फर्किन पाउँदा अत्यन्त खुसी भएको उनले सुनाए ।

चलितर वर्षौंसम्म घर नफर्किँदा अस्तव्यस्त बनेको विपन्न परिवार केही वर्ष अघि सर्लाहीको हरिवन नगरपालिकाको घुर्कौली सरेका छन् । त्यहाँ उनका एक्लो छोरा प्रवीण महतो खाजा पसल चलाएर परिवार चलाइरहेका छन् । तर उनको परिवार नागरिकता र जन्मदर्ताविहीन छन् ।

अभिभावक नै सम्पर्कविहीन बन्दा छोराले पनि नागरिकता बनाउन पाएका थिएनन् । बुबा गाउँ आएको खबरले उत्साहित उनको परिवार स्वागतका लागि साविक गाउँ सोनापुर आउन लागेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर