Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

जवाफी कारबाहीमा ५८ पाकिस्तानी सैनिक मारिएको तालिबानको दाबी

प्रतिक्षा खबर
२०८२ आश्विन २६, आईतवार २०:३७

काठमाडौं । तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जवाफी कारबाहीमा पाकिस्तानका ५८ सैनिक मारिएको र ३० जना घाइते भएको दाबी गरेका छन् ।

आइतबार काबुलमा आयोजित पत्रकार सम्मेलनमा मुजाहिदले ‘प्रतिशोधात्मक कारबाही’ मा २० पाकिस्तानी चौकीहरू कब्जा गरिएको थियो । तर, लडाइँ समाप्त भएपछि फिर्ता गरिएको थियो ।

जबिहुल्लाह मुजाहिदको दाबीबारे पाकिस्तानबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आएको छैन । यद्यपि, गृहमन्त्री मोहसिन नकवीले शनिबार राति अफगानिस्तानको कारबाहीको प्रभावकारी जवाफ दिइएको दाबी गरे ।

प्रवक्ताका अनुसार झडपका क्रममा नौ तालिबानी कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि पुष्टि गरे।

जबिहुल्लाह मुजाहिदले आईएसआईएसको प्रमुख पाकिस्तानमा रहेको आरोप लगाए । यो संगठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय छ।

उनले अफगानिस्तानबाट आईएसआईएस समाप्त भएको बताए । उनले पाकिस्तानमा आईएसआईएस तालिम केन्द्रहरू रहेको आरोप लगाए र अन्तर्राष्ट्रिय समुदायले यसतर्फ ध्यान दिनुपर्ने बताए।

उनले अफगानिस्तानका विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देशको विरुद्धमा नभएको र यसमा कसैलाई पनि आपत्ति नहुने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर