Advertisement
ताजा खबर
दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब < तीन वर्षमा एक हजार ३१८ सुरक्षाकर्मीले गुमाए ज्यान महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए

☰

दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

प्रतिक्षा खबर
२०८३ आश्विन २२, बिहीबार ०९:१०

दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो ।

आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको जनाइएको छ । उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो ।

नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो । उनी अभिनेता मात्र थिएनन्, फिल्म निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय रहे । भारतीय सिनेमाका प्रभावशाली अभिनेतामध्ये गनिने नाना पाटेकरले आफ्नो फरक अभिनय शैली र संवाद प्रस्तुतिका कारण छुट्टै स्थान बनाए ।

नाना पाटेकरले सन् १९७८ मा आएको फिल्म ‘गमन’बाट हिन्दी सिनेमामा पाइला राखेका थिए । सुरुवाती चरणमा उनले मराठी र हिन्दी दुवै फिल्ममा काम गरे । सन् १९८८ मा मिरा नायरको ‘सलाम बम्बे !’मा उनको कामले प्रशंसा पायो ।

त्यसपछि सन् १९८९ को ‘परिन्दा’ उनको करियरको महत्वपूर्ण मोड बन्यो । फिल्ममा उनले निर्वाह गरेको ग्याङ्स्टरको भूमिकाका लागि राष्ट्रिय फिल्म पुरस्कार र फिल्मफेयर अवार्ड जिते ।

नाना पाटेकरले आफ्नो लामो करियरमा अनेक प्रकारका भूमिका निर्वाह गरे । ‘अंकुश’, ‘प्रतिघात’, ‘प्रहार’, ‘तिरंगा’, ‘क्रान्तिवीर’, ‘अग्निसाक्षी’, ‘खामोशी : द म्युजिकल’, ‘अब तक छप्पन’, ‘अपहरण’, ‘राजनीति’, ‘वेलकम’ र ‘वेलकम ब्याक’ उनका चर्चित फिल्म हुन् ।

गम्भीर र दमदार भूमिकामा आफूलाई प्रमाणित गरेका उनले हास्य तथा व्यावसायिक फिल्ममा पनि उत्तिकै प्रभाव छाडे । ‘वेलकम’मा उदय शेट्टीको भूमिकाले उनको अर्को पक्ष दर्शकमाझ लोकप्रिय बनायो ।

नाना पाटेकर पछिल्लो पटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर फिल्म  ओ’रोमियोमा देखिएका थिए । यस फिल्ममा शाहिद कपुर र तृप्ति डिमरी मुख्य भूमिकामा थिए । सन् २०२६ को फेब्रुअरीमा रिलिज भएको यस फिल्ममा पाटेकरले मुम्बई इन्टेलिजेन्स ब्युरोका प्रमुख इस्माइल खानको भूमिका निभाएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर