Advertisement
ताजा खबर
मधेशका विभिन्न जिल्लामा निकालियो सद्भाव र्‍याली धनुषामा सर्वपक्षीय बैठक सुरु बालबालिकालाई अत्यावश्यक बाहेक बाहिर जान नदिन मधेश सरकारको अपिल ‎बरहथवामा प्रदर्शनमा संलग्न चार जना स्थानीयको सक्रियतामा प्रहरीको जिम्मा लगाइयो शम्सीमा विश्व मानव बेचबिखन विरुद्ध दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम सम्पन्न धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन

‎बरहथवामा प्रदर्शनमा संलग्न चार जना स्थानीयको सक्रियतामा प्रहरीको जिम्मा लगाइयो

प्रतिक्षा खबर
२०८३ श्रावण १५, शुक्रबार १४:०१

मलंगवा, साउन १५ । सर्लाहीको बरहथवा बजारमा शुक्रबार भएको प्रदर्शनका क्रममा सहभागी चार जनालाई जनप्रतिनिधि, स्थानीयवासी तथा व्यापारीहरूको सक्रिय पहलमा नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ।
‎इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीका अनुसार मोटरसाइकलमार्फत बाहिरबाट आएका ती व्यक्तिहरूले बजार क्षेत्रमा प्रदर्शन गरेका थिए। प्रारम्भिक जानकारीअनुसार उनीहरू स्थानीय बासिन्दा नभएको खुलेको छ।
‎बजार क्षेत्रमा लुटपाट, तोडफोड वा अन्य अवाञ्छित गतिविधि हुन सक्ने आशंकापछि जनप्रतिनिधि, स्थानीयवासी र व्यापारीहरूले समन्वय गरी चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बरहथवामा बुझाएका हुन्।
‎प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि घटनाको प्रकृति र संलग्नताबारे थप अनुसन्धान भइरहेको डीएसपी सुवेदीले जानकारी दिए।
‎बरहथवा बजारको शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जनप्रतिनिधि, स्थानीयवासी, व्यापारी र सुरक्षाकर्मीबीच भएको समन्वयलाई सकारात्मक रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर