Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्

प्रतिक्षा खबर
२०८२ मंसिर १४, आईतवार २०:३६

१४ मंसिर, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

भारतबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रतिलिटर १ रुपैयाँ ४४ पैसा घटेर आएसँगै निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा १ रूपैयाँले घटाएको हो ।

मूल्य घटेसँगै १४४ रुपैयाँ ५० पैसा पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १४६ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४५ रुपैयाँ (दोस्रो वर्ष) र १४७ रुपैयाँ पर्ने प्रतिलिटर डिजेल/मट्टितेलको मूल्य १४६ रुपैयाँ पर्नेछ । यो मूल्य आइतबार राति १२ बजेपछि लागु हुनेछ ।

हवाई इन्धनमा भने प्रति लिटर ५ रुपैयाँ ६२ पैसा बढेर आएकोले आन्तरिकतर्फ प्रति लिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ पुर्‍याइएको निगमले जनाएको छ । भारतबाट हवाई इन्धनको मूल्य बढेर आएसँगै आन्तरिकतर्फ प्रतिलिटर १२८ रुपैयाँबाट १३४ रुपैयाँ पुगेको छ ।

पेट्रोल र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर