Advertisement
ताजा खबर
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान

☰

धनुषा रेडक्रसमा तदर्थ समिति गठनप्रति असन्तुष्टि, निर्णय सच्याउन माग

प्रतिक्षा खबर
२०८३ श्रावण १२, मंगलवार २०:०४

जनकपुरधाम, १२ साउन । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले धनुषा जिल्ला शाखाको मौजुदा समिति विघटन गरी नयाँ तदर्थ समिति गठन गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय अविलम्ब सच्याउन माग गरिएको छ।

​नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिको मिति २०८३ साउन ४ गते बसेको बैठकले नरेशकुमार सिंहको सभापतित्वमा रहेको धनुषा जिल्ला शाखा समिति विघटन गरी पंकजकुमार महतोको सभापतित्वमा ११ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो। केन्द्रीय कार्यालयले मिति २०८३ साउन ११ गते (पत्र सङ्ख्या ६७/०८३/०८४) पत्राचार गर्दै उक्त निर्णयको जानकारी गराएको हो।

​नवगठित समितिमा पंकजकुमार महतो (सभापति), ई. विमल पूर्वे (मन्त्री), सतिशकुमार सिंह (कोषाध्यक्ष) तथा सदस्यहरूमा डा. सुभाषचन्द्र यादव, राजेशकुमार ठाकुर, राजेश राइन, अजयकुमार नायक, राजेन्द्रकुमार झा, शान्ती विष्ट, नागिनादेवी मिश्र र रामकलादेवी सदा (मुसहर) रहेका छन्। केन्द्रीय कार्यालयले नवगठित समितिलाई ३० दिनभित्र वित्तीय समीक्षा, बक्यौता तथा सम्पत्ति परीक्षण गरी प्रतिवेदन पेस गर्न र सदस्यता अद्यावधिक गरी निर्वाचन गराउने कार्यादेश दिएको छ।

​तथापि, उक्त निर्णयले समग्र धनुषा जिल्लाको प्रतिनिधित्व गर्न नसकेको भन्दै सरोकारवालाहरूले विरोध जनाएका छन्। ११ सदस्यीय समितिमा १० जना सदस्यहरू जनकपुरधाम उपमहानगरपालिकाबाट मात्र चयन गरिएको र सम्पूर्ण जिल्लाका अन्य पालिकाहरूबाट हंसपुर नगरपालिकाका १ जना मात्र परेकाले निर्णय समावेशी र सन्तुलित नभएको तर्क गरिएको छ।

​रेडक्रसको आधारभूत सिद्धान्त, तटस्थता र समावेशी मर्मविपरीत एकपक्षीय ढंगले समिति गठन गरिएको भन्दै साविकका पदाधिकारी तथा स्थानीय सरोकारवालाहरूले केन्द्रीय निर्णय पुनर्विचार गरी सर्वपक्षीय र भूगोल समेटिने गरी निर्णय सच्याउन जोडदार माग गरेका छन्।
#amreshkumarsingh #mahendrarayyadav #Janakpurdham #Madhesh #Dhanusha #नेपाल

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर