Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

बिदाइ हुँदै बाइडेन

प्रतिक्षा खबर
२०८१ भाद्र ४, मंगलवार २०:०४

४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन विदाइका बेला भावुक बनेका छन् । सोमबारको बिदाइ कार्यक्रमलाई सम्बोधनको क्रममा स्टेजमा उक्लिएका उनले सहभागीहरुलाई धन्यवाद दिए । अनि भने, ‘अमेरिका आई लभ यु ।’

सम्बोधन अगाडि उनले आफ्नी छोरी एशले बाइडेनलाई अंकमाल गरे । सम्बोधन अवधिभर उनले पटकपटक कमला ह्यारिसको नाम लिए ।

कमला ह्यारिस डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार छिन् । रिपब्लिकन उम्मेदवार ट्रम्पसँग सुरुमा बाइडेन नै चुनाव लड्ने भनेर अभियान चलाइएको थियो । तर, पछि बाइडेन पछि हटेका थिए । हाल कमला राष्ट्रपति पदको र टिम वाल्ट्ज उपराष्ट्रपति पदको उम्मेदवार छन् ।

बाइडेनले आफ्नो सरकारको पालामा भएको कामबारे पनि सुनाए । आफूले मध्यमवर्गका लागि काम गरेको भन्दै उनले कोभिड १९ को महामारीको बेला विश्वको सबैभन्दा मजबुत अर्थव्यवस्था बनाउन सकेको जिकिर समेत गरे ।

यी सबै काममा उपराष्ट्रपति कमला ह्यारिसको योगदान पनि उल्लेख्य रहेको भन्दै उनले प्रशंसा गरे ।

ट्रम्पका समर्थकले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा गरेको आक्रमणको स्मरण गर्दै उनले ट्रम्प लोकतन्त्रका लागि खतरा भएको समेत बताए । लोकतन्त्रको रक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘हामी अमेरिकाको आत्माका लागि भइरहेको लडाइँमा सामेल छौं ।

अमेरिकामा भइरहने बन्दुक हिंसा अन्त्यका लागि हतियारमा प्रतिबन्ध लगाउनुपर्ने पनि उनले बताए । ‘अन्य स्थानको तुलनामा अमेरिकामा बन्दुकबाट सबैभन्दा धेरै बालबालिका मारिन्छन् । त्यसैले कमला र मैले बन्दुक सम्बन्धी कानुन पारित गरेकोमा गर्व लाग्छ । अब हतियारमा प्रतिबन्ध लगाउनुपर्ने समय आएको छ ।’

बाइडेनले इजरायल-प्यालेस्टाइन युद्धमा दुवैतर्फबाट धेरै सर्वसाधारण मारिएको भन्दै त्यसलाई रोक्नु सबैभन्दा चुनौतीपूर्ण भएको पनि बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर