Advertisement
ताजा खबर
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा पदबाट राजीनामा भीमफेदी ईभी दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तलाई हस्तान्तरण, आजै सर्लाहीमा दाहसंस्कार गरिने मैतु सदाको मृत्यु प्रकरण : निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै रमदैयामा चक्काजाम चाडपर्वमा पनि व्यवस्थित हुन सकेन रामगोपालपुर बजार, सडक र पेटीमै पसल सञ्चालन हुँदा आवागमनमा सास्ती भीमफेदी सडक दुर्घटनाप्रति पूर्वमुख्यमन्त्री सरोजकुमार यादवद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, न्यायको माग गर्दै प्रदर्शन जसपा नेपाल महोत्तरी जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम भोलि, केन्द्रीयदेखि पालिका तहका नेताहरूलाई निमन्त्रणा जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न सोनमा–५ खैरबनीमा विद्युत् तार चोरीको घटना बढ्दै, सुरक्षा निकायको उपस्थितिमै चोर सक्रिय पिपराका पूर्व गाउँपालिका अध्यक्ष विक्रम चौधरीसहित दर्जनौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश

☰

महोत्तरी जिल्ला पालिका स्तरीय क्रिकेट: उद्घाटन खेलमा साेनमा गाउँपालिका  पराजित

प्रतिक्षा खबर
२०८३ असार ६, शनिबार २३:२८

क्रिकेट एशोसिएशन नेपाल (CAN) को सहयोगमा जारी ‘महोत्तरी जिल्ला म्युनिसिपालिटी लेभल क्रिकेट टुर्नामेन्ट २०८३’ को उद्घाटन खेलमा महोत्तरी डिस्ट्रिक्ट XI ले विजयी सुरुवात गरेको छ।

श्री रा. सा. मा. वि. स्कूल क्रिकेट ग्राउण्डमा आज भएको रोमान्चक भिडन्तमा महोत्तरी डिस्ट्रिक्ट XI ले सोनमा गाउँपालिका क्रिकेट टिमलाई ६ विकेटले पराजित गरेको हो।गाउँपालिकाका अध्यक्ष विशेश्वर प्रसाद यादवबाट भव्य बिदाइ पाएर मैदान उत्रिएको सोनमा गाउँपालिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि बलियो योगफल खडा गर्न सकेन।साेनमा गाउँपालिकाले १२.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र ८२ रन बनाउन सक्यो। सोनमाका लागि नितेश यादवले १७ बलमा २७ रन र अरुण साहले १० बलमा १३ रन जोडे भने मुकेश यादवले ३ बलमा आक्रामक १० रन बनाए।सोनमालाई सस्तोमा समेट्न महोत्तरी डिस्ट्रिक्ट XI का घातक बलर मोहम्मद ओजैर अन्सारी  ले जादुमयी बलिङ गरे। उनले मात्र २.१ ओभरमा ९ रन खर्चेर ५ महत्वपूर्ण विकेट लिँदै खेलको दिशा नै बदलिदिए। त्यस्तै निखिल मिश्रले २ र मोहित चौधरीले १ विके लिए । ८३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको महोत्तरी डिस्ट्रिक्ट XI ले १५.३ ओभरमा ४ विकेट गुमाउँदै ८५ रन बनाएर लक्ष्य पुरा गर्‍यो। उसका लागि आदित्य प्रसाद मिश्रले १७ बलमा २४ रन, सतीश यादवले १७ रन र निखिल मिश्रले अविजित १५ रनको योगदान दिए।बलिङतर्फ सोनमाका अरुण साहले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।

यस्तै मुकेश यादव र दिपेश यादवले समान १-१ विकेट लिए।मोहम्मद ओजैर ‘म्यान अफ द म्याच’घातक बलिङ गर्दै ५ विकेट लिएका महोत्तरी डिस्ट्रिक्ट XI का मोहम्मद ओजैर अन्सारी खेलको हिरो (म्यान अफ द म्याच) घोषित भए।

हेड कोच अशोक कुमार यादव र टिम म्यानेजर घर्मेन्द्र कुमार यादवको रणनीतिका साथ मैदान उत्रिएको सोनमाले पहिलो खेल गुमाए पनि अब असार ८ गते दिउँसो १:०० बजे हुने गौशाला नगरपालिका विरुद्धको दोस्रो खेलमा बलियो पुनरागमन गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर