Advertisement
ताजा खबर
अनुचित लेनदेनमा साह पक्राउ, सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन जनकपुरधाममा ८ करोड मूल्यको जग्गा विवाद : ३० लाख ऋणको धितो राखेको साढे पाँच कठ्ठा जग्गा १० वर्षदेखि फिर्ता नपाएको पीडित परिवारको गुनासो कमला नदीमा भूत मेला सुरु, बिहानैदेखि श्रद्धालु र धामीझाँक्रीको घुइँचो स्थानीय तहको निर्वाचन वैशाखमा, प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने निर्वाचन आयोगको प्रस्ताव फुटपाथमै व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै व्यापारीहरू आन्दोलनमा मधेशमा नयाँ सरकार गठन अन्योलमा, एमालेसँग सहकार्य नगर्ने जसपा नेपालको अडान रामगोपालपुरका पूर्व वडाध्यक्ष जितेन्द्रकुमार चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पार्टी परिवर्तनले स्थानीयमा बढ्यो असन्तुष्टि मनराशिसवा नगरपालिकाका अध्यक्ष पाण्डेयसँग विकास र आगामी निर्वाचनबारे छलफल महोत्तरीको जलेश्वरस्थित महादेव मन्दिर परिसरमा अज्ञात पुरुषको शव फेला

☰

प्रतिक्षा खबर
२०८२ चैत्र १४, शनिबार १९:१६

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।  शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले ओली र लेखकको पक्राउ गैरकानुनी भएको भन्दै तत्काल रिहाइ गर्न माग गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

बैठकले पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानुनी शासनको विपरीत भएको निष्कर्ष निकालेको छ । साथै बैठकले उक्त घटनाको कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार प्रत्येक जिल्लाको सदरमुकामका साथै जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाउने निर्णय भएको महासचिव पोखरेलले बताए ।

त्यस्तै बैठकले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको उनले जानकारी दिए । उनले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा छुट्टै आयोग गठन गर्न माग गरेको बताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिबार एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर