Advertisement
ताजा खबर
जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान बर्दिबासको बुद्धचोकमा बाइक दुर्घटना, चालक सम्पर्कविहीन सोनमामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न मिर्चैयामा अग्रगामी मोर्चाको बैठक सम्पन्न, प्रथम चरणका आन्दोलनका कार्यक्रमबारे छलफल सोनमा गाउँपालिकाद्वारा शिक्षक र विद्यालय कर्मचारीलाई सामग्री वितरणसहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ

☰

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

प्रतिक्षा खबर
२०८२ चैत्र १३, शुक्रबार ०६:५९

१३ चैत, काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । ३६ वर्षीय बालेन्द्र शाह (बालेन) आज नेपालको नयाँ प्रधानमन्त्री बन्न लागेका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ ।

शपथ ग्रहण समारोह दिउँसो १२:३४ बजेका लागि तय भएको हो । बालेनले दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नेछन् ।

प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन गर्ने, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गर्ने तयारी छ ।

प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने छ ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ ।

नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार रास्वपाको एकल सरकार गठन हुन लागेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिटमा जित निकालेको थियो।

सो दलले बिहीबार मात्रै बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाह झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए ।

विहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर