Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

पुराना पुस्तालाई विस्थापित गर्दै सांसद बने २९ वर्षीय योगेश

प्रतिक्षा खबर
२०७९ मंसिर ५, सोमबार १२:३२

सुवेदी अमृत सुवेदी
५ मंसिर, पोखरा । यो चुनावमा नेपाली कांग्रेसबाट सहजै टिकट पाएका सीमित व्यक्तिमध्ये पर्छन्, मुस्ताङका २९ वर्षे युवक योगेश गौचन ।
झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिँदा धेरैले भनेका थिए, जिल्लामा प्रभावशाली एमालेका नेता प्रेम तुलाचनका अघि उनको केही जोर चल्दैन । हुन पनि २०७४ सालको निर्वाचनमा प्रेमले रोमीलाई नै हराएर संसद छिरेका थिए ।
कांग्रेस नेतृत्वले मुस्ताङका जिल्ला सभापतिसमेत रहेका रोमीलाई प्रतिनिधिसभा र प्रदेशसभाको टिकट दिएर पठाएको थियो । रोमीले आफैं उम्मेदवार हुन रुची देखाएनन् र छोरालाई टिकट दिए
देशभर युवाको लहर चलिरहेका बेला भर्खरै राजनीतिमा प्रवेश गरेका योगेशले बाबु पुस्ताका ६० वर्षका प्रेमलाई हराउँदै इतिहास रचे ।
योगेशले तीन हजार ९९२ मत ल्याएर चुनाव जित्दा एमालेका तुलाचनले तीन हजार ७८ मत पाए । १० हजार ९५७ जना मतदाता रहेको मुस्ताङमा आइतबार भएको निर्वाचनमा ७ हजार २३० मत खसेको थियो ।
२०७४ को चुनावमा कम मतान्तरले कांग्रेस पराजित भएको क्षेत्रमध्ये मुस्ताङ पनि एक थियो । एमालेका तुलाचनले ३ हजार ५४४ मत पाएर निर्वाचित हुँदा कांग्रेसका रोमीले ३ हजार १८१ मत ल्याएका थिए । यसपटक प्रत्यक्षमा उम्मेदवार हुने रुची नदेखाएका रोमी समानुपातिक तर्फ पनि बसेनन् ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजा भने मुस्ताङमा एमालेको पक्षमा थियो । ५ स्थानीय तहमध्ये ४ पालिकाको अध्यक्ष एमालेले जितेको थियो भने एउटा पालिकाको अध्यक्ष र २ उपाध्यक्ष कांग्रेसले जितेको थियो । पालिका अध्यक्षले पाएको मतका आधारमा एमाले कांग्रेस भन्दा ४०० मतले अगाडि थियो ।
यसवर्ष कांग्रेसबाट प्रतिनिधि सभामा पुग्ने योगेश नै सबैभन्दा कम उमेरका सांसद हुन् । पार्टी संरचनाको पदीय जिम्मेवारीमा योगेश तत्कालीन लेते गाविसको पार्टी सभापति थिए । हाल उनी गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधि हुन् ।
मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका योगेश र पराजित प्रेम नातामा साला भेना हुन् । रोमी (योगेशका बुवा) र प्रेम मामा–फूपूका छोरा हुन् ।
प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् । भारतमा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट सकेर फर्किएका योगेश राजनीतिसँगै व्यापारमा संलग्न छन् । गौचनको लेतेमा कालोपानी गेस्ट हाउस होटल छ । साथै उनले ट्राभल्स कम्पनी पनि सञ्चालन गर्छन् ।
निर्वाचित योगेशका बुबा रोमीले चार दशक बढी कांग्रेस मुस्ताङको राजनीतिमा एकछत्र पकड कायम राखेका थिए । रोमीले २०५६ र २०७० सालमा निर्वाचनमा जितेका थिए । पूर्व मन्त्री समेत रहेका रोमीले २०६४ र २०७४ मा चुनाव हारेका थिए
नवनिर्वाचित योगेशका हजुरबुबा भने पञ्चायती व्यवस्थाका पक्षधर थिए । मुस्ताङका प्रधानपञ्च तथा कट्टर राजावादी रोमी २०३४ सालतिरदेखि कांग्रेसमा आवद्ध भएका थिए ।
योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न चिनसँग कुटनीतिक पहल गर्ने, त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिने बताएका छन् । जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई स्थायी र दीर्घकालीन निकास दिन पहल गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर