Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

महाेत्तरी-४मा तीन पूर्वमन्त्रीलाई टक्कर दिँदै एमालेकी निलम अधिकारी

प्रतिक्षा खबर
२०८२ माघ १३, मंगलवार २१:२९

रामगाेपालपुर,। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महाेत्तरी क्षेत्र नम्बर ४ को प्रतिस्पर्धा यसपटक निकै रोचक र पेचिलो हुने देखिएको छ । यस क्षेत्रमा ३जना प्रभावशाली पूर्वमन्त्रीहरू चुनावी मैदानमा छन् भने उनीहरूको परम्परागत वर्चस्वलाई चुनौती दिँदै एमालेबाट निलम अधिकारीले कडा टक्कर दिने आँकलन गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का डा सुरेन्द्र कुमार यादव, नेपाली कांग्रेसका महेन्द्र राय यादव र नेकपा (माओवादी केन्द्रका भरत साह जस्ता ‘हेभीवेट’ मानिने पूर्वमन्त्रीहरूसँग एमालेकी नेत्री निलम अधिकारीकाे भिडन्तलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गत प्रतिनिधि सभाकाे चुनावमा यसै क्षेत्रबाट थाेरै मतले पराजित भएका जसपा नेपालका नेता एवम पूर्व मन्त्री डा सुरेन्द्र कुमार यादव यसपटक भने उच्च मनोबलका साथ मैदानमा छन् । यस क्षेत्रमा ३वटा स्थानिय तह जसपा नेपालले जितेकाले डा सुरेन्द्र कुमार यादवकाे मनाेबल उच्च देखिएकाे छ । अर्काेतिर एमालेकी उमेदवार निलम यादवकाे साथ पूर्व मुख्यमन्त्री सराेज कुमार यादवकाे साथ र यादवकाे आफ्नै क्षेत्र परेकाे र नाँया महिला उमेदवार भएकाेले उहाकाे चर्चा चुलिएको छ । पूर्व मुख्यमन्त्री यदव भन्छन्, तीन पूर्वमन्त्रीका काम जनताले देखिसकेका छन् । यसपटक जनताले परिवर्तन चाहेकाले फराकिलो मतान्तरसहित मेरो पार्टीको उमेदवारकाे जित निश्चित छ ।’
अर्काेतिर बालेनकाे जन लहर र युवाकाे उत्साहकाे कारण मतदातामा अन्योल सिर्जना गर्न सक्छ । मत बाँडिने सम्भावना देखिन्छ, जसको प्रत्यक्ष फाइदा रास्वपालाई पुग्ने विश्लेषण गरिएको छ । अदपी विभिन्न राजनेतिक दलका नेता तथा अगुवाहरुकाे भनाइ अनुसार रास्वपाको प्रभाव हल्ला मात्र भएको दाबी गर्छन् । सांगठनिक हिसाबले यहाँ जसपा नेपाल,नेपाली कांग्रेस र एमाले बलियो देखिएको छ । गत स्थानीय निर्वाचनमा पाँच पालिकामध्ये एकमा एमाले ,एकमा नेपाली कांग्रेस र तीन वटामा जसपानेपालले जित हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर