Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

रूसलाई सघाएको आरोपमा १९ भारतीय कम्पनीलाई अमेरिकाको प्रतिबन्ध  

प्रतिक्षा खबर
२०८१ कार्तिक १७, शनिबार १५:०६

१७ कात्तिक, काठमाडौं । अमेरिकाले भारतका १९ कम्पनीहरूलाई रूसमा हतियारसहित अन्य सामान आपूर्ति गरेको आरोपमा प्रतिबन्ध लगाएको छ । यी कम्पनीहरूले २०२२ को फ्रेब्रुअरीमा युक्रेनमा रूसको हमलापछि रूसलाई हतियार लगायतका सामान आपूर्ति गरिरहेको अमेरिकाको आरोप छ ।

भारतका १९ कम्पनीसँगै रूस, चीन, मलेसिया, थाइल्याण्ड, टर्की र यूएई जस्ता दर्जनौं देशका ३९८ कम्पनीलाई पनि अमेरिकाले प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्ध व्यहोर्नेमा धेरैजसो इलेक्ट्रोनिक सामान आपूर्ति गर्ने संस्था रहेका छन् भने केही विमान र अन्य मेसिनका पाटपूर्वा आपूर्ति गर्ने कम्पनी रहेका छन् ।

क्यानडासँग सम्बन्ध चिसिएको बेला अमेरिकाले भारतीय कम्पनी र दुई नागरिकलाई पनि प्रतिबन्ध लगाएको हो ।  अमेरिकाले एक विज्ञप्ति जारी गर्दै आफ्नो स्टेट डिपार्टमेन्ट, ट्रेजरी डिपार्टमेन्ट र कमर्स डिपार्टमेन्टले यी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएको जनाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार यस्ता प्रतिबन्ध व्यहोरेका कम्पनीहरूलाई स्विफ्ट बैंकिङ प्रणालीमा ब्ल्याकलिस्टमा राखिन्छ । यो प्रतिबन्धपछि रूसविरुद्ध रहेका देशहरूमा ती कम्पनीहरूले कारोबार गर्न सक्दैनन् । साथै, ती देशमा प्रतिबन्धमा परेका कम्पनीहरूको सम्पत्ति बेचबिखनमा पनि रोक्का हुनसक्छ ।

अमेरिकाले नोभेम्बर २०२३ मा पनि भारतीय एक कम्पनीलाई रुसी सेनाको मद्दत गरेको भन्दै प्रतिबन्ध लगाएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर