Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

निर्वाचन सफल बनाउन सचेत भएर लागौं : मुख्यमन्त्री यादव

प्रतिक्षा खबर
२०८२ पुष ३०, बुधबार १४:२१

३० पुस, जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सुरक्षा चुनौतीबीच आगामी निर्वाचनलाई सफल बनाउनुपर्ने बताएका छन् ।

बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले जेनजी आन्दोलनमा लुटिएका हतियार, जेलबाट भागेका कैदीहरू बाहिर रहेको, प्रहरीका आवश्यक सामाग्रीहरू नभएको अवस्थामा हुन लागेको निर्वाचनले सुरक्षा चुनौती खडा गरेको बताए ।

‘हामी निर्वाचनको मुखमा आइपुगेका छौं । यो हाम्रो लागी ठूलो चुनौती छ । वीचवीचमा पनि धेरै कुराहरू भइरहको छ, विगतमा दिनमा सम्प्रदायिक विवादहरू पनि हामी देखिरहेका छौं । जातीय विवादहरू पनि देखिरहेका छौं,’ उनले भने, ‘राजनितिक दलहरूका विरोध प्रर्दशन पनि भइरहेका छन् । धेरै कुराहरू छन्, यसमा हामीले अगाडीको दिनमा निर्वाचनलाई सफल बनाउनको लागी सचेत भएर लाग्नुपर्छ ।’

नागरिकमा भयरहित भएर मतदान गर्ने वातावरण बनाउन जरुरी रहेको उनको भनाइ छ । हालै सम्प्रदायिक विवाद, जातीय तथा धार्मिक विवाद पनि भएकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने उनले बताए ।

‘धेरै लुटिएका हतियार बाहिर छन् । प्रहरीका लस्टिकहरू पनि धेरै नष्ट भएका छन् । सवारीसाधान देखी लिएर हतियारसम्म प्रहरीसँग छैनन्,’ उनले भने, ‘त्यसमा हामी चिन्तित छौं । जेल तोडेर भागेका अपराधीहरू पनि बाहिर छन्, । कसैको दाउ होला, यही निर्वाचनलाई ताकेर फेरि आफ्नो कुनै रिसिबी साँधौ भन्ने पनि होला ।’

दैनिक उपभोग्य सामग्री ल्याउने नागरिकलाई पक्राउ गर्नुको सट्टामा लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गर्नमा बढि ध्यान दिनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर