Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

महोत्तरीमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण , ७४ हजारभन्दा बढी मतदाता थपिए, कुल मतदाता संख्या ४ लाख नाघ्यो

प्रतिक्षा खबर
२०८२ पुष २३, बुधबार १०:१३

महोत्तरी ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी महोत्तरी जिल्लामा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरीएको छ । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका अनुसार यसपटक जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीमा कुल तीन लाख ५७ हजार ३० मतदाता रहेका थिए । पछिल्लो समय ७४ हजार २५२ मतदाता थपिएसँगै अहिले जिल्लाको कुल मतदाता संख्या चार लाख ३१ हजार २८२ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचनमा सहभागी हुन पाउने मतदातामध्ये दुई लाख ३५ हजार १८३ जना पुरुष, एक लाख ९२ हजार ९७ जना महिला र अन्य दुई जना रहेका छन् । सबै मतदाताले आगामी फागुनमा २१ तेकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

महोत्तरी जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेका छन् । ती चारै निर्वाचन क्षेत्रमा मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख रंजिता झाले जानकारी दिइन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेका छन् । उनीहरूका लागि ५९ मतदानस्थल र १२० मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेका छन् । यस क्षेत्रमा ६२ मतदानस्थल र १३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष र ५० हजार ८८६ महिला गरी कुल एक लाख १० हजार ४३६ मतदाता रहेका छन् । यहाँ ७७ मतदानस्थल र १४२ मतदान केन्द्र राखिएको छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख सात हजार ६०६ मतदाता रहेका छन् । उनीहरूका लागि ६० मतदानस्थल र १३१ मतदान केन्द्रको व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले बताइन् ।

सुरक्षाका दृष्टिले महोत्तरीका १६३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ भने ८९ मतदानस्थल संवेदनशील र ६ मतदानस्थल सामान्य सुरक्षा अवस्थाको सूचीमा समावेश गरिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन नजिकिँदै जाँदा मतदाता शिक्षा, सुरक्षा व्यवस्थापन तथा प्रशासनिक तयारीलाई थप तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर