Advertisement
ताजा खबर
सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी बजार अनुगमनको शैलीप्रति जलेश्वरका व्यवसायी असन्तुष्ट, अनुगमन कि व्यवसायीमाथि दबाब <

☰

विद्यालयबाट फर्किरहेका बालिकालाई खोलाले बगाउँदा एकको मृत्यु, दुई बेपत्ता

प्रतिक्षा खबर
२०८३ भाद्र २, मंगलवार २१:१५

२ भदौ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ वासुदेवमा खहरे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

दुई बालिका बेपत्ता भएकी छन् । यस्तै, एक बालिका खोलाबाट आफैं निस्कन सफल भएकी छन् ।

मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तिपुरबाट घर फर्किने क्रममा वासुदेवस्थित खोलामा लच्का तर्ने प्रयास गर्दा चार बालिकालाई खोलाले बगाएको प्रहरीले जनाएको छ ।

बगेकामध्ये हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरका दीप स्याङ्ताङकी ८ वर्षीया छोरी रोशनी स्याङ्ताङ करिब ५०० मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन् ।

उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए ।

यस्तै, सोही ठाउँका टीकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी विनीता भोलन भने बेपत्ता छिन् ।

उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

खोलाले बगाएकी सीताराम भोलनकी १३ वर्षीया छोरी सीमा भोलन भने आफै खोलाबाट निस्कन सफल भएको प्रहरीले जनाएको छ ।

उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लैजाँदै गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ताहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर