Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

छोराछोरीलाई माया गरौं, गुणस्तरीय शिक्षा सुनिश्चित गरौं’ प्रधानमन्त्री ओलीको आग्रह

प्रतिक्षा खबर
२०८२ श्रावण ३०, शुक्रबार २२:५३

महोत्तरी

गोपाल झा , साउन ३० गते

प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकहरूलाई आफ्ना छोराछोरीप्रति माया गर्दै उनीहरूको शिक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ३, रघुनाथपुरमा सडक निर्माणको सिलान्यास गरे पछी आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बालबालिकालाई स्कुल पठाउन र सकेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न अनुरोध गर्नुभयो

 प्रधानमन्त्री ओलीले रघुनाथपुरबाट सुरु हुने करिब ८.३८४ किलोमिटर लामो सडक निर्माणको शिलान्यास पश्चात आयोजित सभामा मन्तव्य दिनुहुँदै भन्नुभयो, “कमसे कम आफ्ना छोराछोरीलाई अत्यन्तै माया गरिदिनुस्, स्कुल पठाईदिनुस्, सकेसम्म राम्रो खाना खुवाइदिनुस्। राम्रो लाउन र राम्रो खान कम्तीमा पनि उनीहरूलाई स्कुल पठाउनुहोस् । उहाँले मधेशजस्तो सुगम भूभागमा समेत शिक्षा नपुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। “मधेशमा यति सुगम ठाउँमा शिक्षाको अभाव थियो। बालबालिकालाई शिक्षाको पहुँच दिलाउन हाम्रो सरकार प्रतिवद्ध छ,” प्रधानमन्त्रीको भनाइ थियो । उहाँले अभिभावकहरूलाई बालबालिकाको उज्वल भविष्यका लागि शिक्षा नै आधारभूत लगानी भएको सन्देश दिनुभयो।

त्यस्तै नेपाल कृषिप्रधान देश भएकाले कृषिमा आधुनिकीकरण अत्यावश्यक रहेको बताउँदै प्रधानमन्त्री ओली ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आधारित रहेको बताउँदै अब कृषिलाई आधुनिकीकरण नगरी जनताको समृद्धि सम्भव न रहेको बताएका हुन् ।    उहाँले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम परिवर्तन गर्दै ‘राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम’ राखिएको जानकारी दिनुभयो । साथै, प्रदेश र पालिका तहमा पनि कृषि कार्यक्रमहरूलाई ‘प्रदेश कृषि आयोजना’ र ‘पालिका कृषि आयोजना’ जस्ता नाम राख्न सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले विकासका लागि केवल पैसाले मात्रै नहुने, सोच र बुद्धिको प्रयोग आवश्यक पर्ने धारणा राख्नुभयो। “विकास सोचले हुन्छ, पैसाले मात्र होइन। त्यसैले सरोकारवाला निकायले योजनामा सोच–समझदारी अपनाउनुपर्छ,” उहाँले भन्नुभयो।

केही दिनअघि महोत्तरीमा सुख्खाग्रस्त अवस्थाको स्थलगत अध्ययन गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिले अधिकांश क्षेत्रमा पानी पुगेको र रोपाइँ राम्रो भएको बताए । “सुनकोशीको पानी टनेलमार्फत मरिनमा, र त्यहाँबाट बागमतीमा झारेर करिब १ करोड ५० बिगाहा क्षेत्रफलमा सिंचाइ पुर्‍याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । तत्कालका लागि डिप बोरिङमार्फत सिंचाइको समस्या समाधान गर्ने प्रयास भइरहेको र पुराना बिग्रिएका डिप बोरिङहरू मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिइसकेको समेत प्रधानमन्त्रीले बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वाधार विकास, विशेष गरी सडक सञ्जाल विस्तारमा सरकारको ध्यान केन्द्रित रहेको स्पष्ट पार्नुभयो। उहाँले देशका सबै ७७ जिल्लाका सदरमुकामलाई सडक सञ्जालसँग जोडिएको र भारतसँग समेत सम्बन्ध जोड्ने सडक विस्तार भइरहेको जानकारी दिनुभयो । मधेशमा रहेको पूर्व–पश्चिम राजमार्गलाई ‘एशियन स्टाइल’ मा स्तरोन्नति गर्ने र हुलाकी राजमार्गको बाँकी काम शीघ्र सम्पन्न गर्ने लक्ष्य रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।        सोनमा गाउँपालिका हुँदै सुन्दरपुरसम्म निर्माण हुनलागेको उक्त सडक विश्व बैंकको अनुदान ऋणमा सञ्चालन हुने सडक निर्माणको कुल लागत १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ (भ्याटसहित) हुनेछ । ८.३८४ किलोमिटर लम्बाइको यो सडक महोत्तरीको हुलाकी राजमार्गअन्तर्गत रघुनाथपुर बजारदेखि सोनमा–तरहारी हुँदै सुन्दरपुरसम्म पुग्नेछ ।  एक करोड रुपैयाँ लागतमा बन्ने सडक विश्व बैंकको ऋण सहयोग, मधेश प्रदेश सरकार, र भौतिक पूर्वाधार मन्त्रालयको साझेदारीमा निर्माण हुन लागेको हो ।

यो परियोजना २०८३ साल चैत ११ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल लागत ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँ रहेको छ । यस योजनाबाट मधेश प्रदेशका २१ स्थानीय तहहरूलाई पक्की सडक सञ्जालसँग जोड्ने उद्देश्य राखिएको छ ।

प्रधानमन्त्री ओलीले छिमेकी मुलुक भारतसँग सम्बन्ध सुधारिएको उल्लेख गर्दै यसै सप्ताहमा चिन भ्रमण गर्दै भदौ १४ गते भारत भ्रमणमा समेत जान लागेको जानकारी दिनुभयो । त्यस्तै प्रधानमन्त्रीले शान्ति सुरक्षा, शिक्षा, सुशासन र समग्र विकासमा सरकारको ध्यान गएको उल्लेख गर्नुभयो ।

उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवलगायत स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उनीहरूले पनि आफ्नो मन्तव्य राख्दै प्रदेश र स्थानीय सरकार मिलेर विकास निर्माणलाई तीव्रता दिइने बताएका हुन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर