Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

बंगलादेशमा अल्पसंख्यकमाथि भइरहेको हिंसा निन्दनीय : मुख्यमन्त्री यादव

प्रतिक्षा खबर
२०८२ पुष ७, सोमबार १८:३८

जनकपुरधाम, पुस ७ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बंगलादेशमा हिन्दु तथा अन्य अल्पसंख्यक समुदायमाथि भइरहेको हिंसा, उत्पीडन र जबरजस्ती सम्पत्ति कब्जाका घटना निन्दनीय रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन ।

मुख्यमन्त्री यादवले भीडद्वारा गरिने हत्या (मॉब लिंचिङ), मौलिक अधिकारको निरन्तर उल्लंघन तथा अल्पसंख्यक समुदायलाई लक्षित आक्रमणले कानुनी शासनको गम्भीर कमजोरी मात्र नभई मानवता, न्याय र सभ्य समाजका आधारमाथि नै गहिरो चोट पुर्‍याइरहेको बताए ।

उनले हालै बंगलादेशस्थित भारतीय दूतावासमाथि भएको आक्रमणलाई उल्लेख गर्दै अन्तरिम सरकारको असफलता स्पष्ट रूपमा देखिएको टिप्पणी गरे । यस्तो अराजक र अस्थिर अवस्था बंगलादेशको आन्तरिक मामिलामा मात्र सीमित नरही सम्पूर्ण क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि गम्भीर चुनौती बनेको उनको कथन छ ।

राज्यको पहिलो र प्रमुख जिम्मेवारी आफ्ना नागरिकको जीवन, अधिकार र सुरक्षाको सुनिश्चितता भएको बताउँदै उनले अन्तरिम शासनको असफलताबाट उत्पन्न अराजकता र असुरक्षालाई अन्त्य गर्न राजनीतिक दल, अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित निकायहरूले संयुक्त रूपमा सक्रिय र पारदर्शी पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन ।

लोकतान्त्रिक मूल्य, मानव अधिकार र न्यायको सम्मानबिनाको शान्ति दिगो नहुने उल्लेख गर्दै मुख्यमन्त्री यादवले लोकतन्त्रको बलमा मात्र दीर्घकालीन विकास र क्षेत्रीय स्थिरता सम्भव हुने स्पष्ट पारे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर