Advertisement
ताजा खबर
वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

☰

औरही नगरपालिकाको १२ औँ नगरसभा द्वारा ४० करोड भन्दा बढीको बजेट सार्वजनिक

प्रतिक्षा खबर
२०८० असार ८, शुक्रबार ००:५५

गोपाल झा

महोत्तरी , अषाढ ७ गते

अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि औरही नगरपालिकाले ४० करोड भन्दा बढीको  बजेट सार्वजनिक गरेको छ । महोत्तरीको औरही नगरपालिकाले १२ औँ नगरसभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

             नगरपालीकाका नगरप्रमुख प्रदीपकुमार खड्काले संघीय सरकार , प्रदेश सरकारबाट प्राप्त बजेट, आन्तरिक आम्दानी र दातृ निकाय एवं संघ संस्थाबाट उपलब्ध भएको श्रोत सहीतको अनुमान विवरणका आधारमा अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेट प्रस्तुत गरेको जानकारी दिनुभयो ।

नगरप्रमुख  खड्काले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ८ करोड ३८ लाख, शिक्षा तथा खेलकुदतर्फ १३ करोड ८४ लाख ६० हजार, स्वास्थ्यतर्फ ३ करोड ६३ लाख, कृषि तथा पशुपक्षीतर्फ २ करोड ५५ लाख, र ऊर्जातर्फ २२ लाख रुपैयाँ अनुमानित आय प्रस्तुत गरेका हुन् ।  यस्तै उद्योग तथा रोजगार प्रवर्द्धनतर्फ  करोड ९ लाख, पञ्जीकरणतर्फ ९ लाख, पूर्वाधारतर्फ ७ करोड ५२ लाख ९९ हजार ५००, बस्ती विकास(दलित आवास कार्यक्रम)तर्फ २ करोड र खानेपानीतर्फ १ करोड रुपैयाँ गरी कूल ४० करोड ३३ लाख ५९ हजार ५०० रुपैयाँको बजेट नगरसभामा पेश गरेका हुन् ।

आ.व. २०८०/८१ को अनुमानित आय व्यय , निति तथा कार्यक्रमहरु प्रस्तुत गर्दै औरही नगरप्रमुख  खड्काले नगरका सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूलाई विकास निर्माणका कामलाई जनचाहना अनुरुप इमानदारीता पुर्वक सम्पन्न गर्नका लागि आग्रह गरेका थिए । आ.व २०८०/०८१ को लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास निर्माणमा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेको उनले जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथीको आसनबाट आफ्नो शुभकामना मन्तब्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डरी औरही नगरका जनतासंग गरेको वाचामा प्रतिवद्ध रह्न नगरपालिकाका नगरप्रमुख  खड्कालाई  सुझाव दिएका हुन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित नगरपालिकाको १२ औँ नगरसभाको उद्घाटन समारोहमा नगरप्रमुख खड्काले प्रस्तुत गर्नुभएको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि वार्षिक नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, सिचाईजस्ता क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर