Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

जसपा नेपालको मिर्चैया नगर अधिवेशन भव्य रूपमा सम्पन्न, नेताहरुको उत्साहजनक सहभागिता

प्रतिक्षा खबर
२०८२ बैशाख ६, शनिबार २१:१०

सितल साह , लहान ,सिरहा बैशाख ०४ — जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा आयोजित मिर्चैया नगरपालिका अधिवेशन यहि बैशाख ४ गते सिरहाको मिर्चैया कटारी चौक स्थित खुस्बु होटलको सभा हलमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनमा जसपाका केन्द्रिय, प्रदेश तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता श्री धिरेन्द्र कुमार साहले गर्नुभएको थियो भने मुख्य वक्ताका रूपमा श्री प्रकास अधिकारीले पार्टीको वर्तमान अवस्था र भावी योजनाको विषयमा सम्बोधन गर्नुभयो।
विशिष्ट वक्ताको रूपमा श्री सुरेश मण्डल, श्री चन्देश्वर पासवान र श्री रामकुमार मण्डलले पार्टी संगठन सुदृढीकरणमा नेतृत्वको भूमिकाबारे धारणा राख्नुभयो।

मिर्चैया नगर संयोजक श्री विष्णु साह, जिल्ला कार्यकारिणी सदस्य प्रभात सिंह, प्रेस मञ्च नेपालका मधेश प्रदेश अध्यक्ष अभरेन्द्र यादव, नेता रामदयाल यादव, नेतृ चन्द्रकला साह, कल्याणपुर नगर अध्यक्ष किसोरी यादव, कर्जन्हा नगर अध्यक्ष केसब साह, नेकपा एसका ललन साह, नेकाका किसोरी ठाकुर, मिर्चैया उद्योग वाणिज्य संघका भरत महासेठ, उद्घोषक अजय कुमार यादव लगायत विभिन्न भातृसंगठनका सक्रिय कार्यकर्ताहरूको उपस्थिति थियो।

कार्यक्रममा मिर्चैया नगरपालिकाका १२ वटै वडाबाट प्रतिनिधित्व गर्दै वडास्तरीय कार्यसमितिका पदाधिकारीहरू तथा स्थानीय कार्यकर्ताहरूले स्वागत मन्तव्य राखेका थिए। सबैले पार्टीलाई बलियो बनाउने प्रतिवद्धता जनाएका थिए।

दुई दिने अधिवेशन आगामी बैशाख ५ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ, जसमा आगामी नगर नेतृत्व चयन र संगठन सुदृढीकरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू लिइनेछ।

मिर्चैया नगर अधिवेशनले पार्टीको सांगठनिक पक्षलाई थप मजबुत बनाउने विश्वास पार्टी कार्यकर्ताहरुले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर