Advertisement
ताजा खबर
रसुवा बाढी अपडेट : १५७ शव फेला रसुवा बाढीमा १३३ भन्दा बढी जलविद्युत् कर्मचारी र कामदार सम्पर्कविहीन हालसम्म ९५ जनाको शव भेटियो बालेनलाई मोदीको फोन, भने- सम्भव भएका सबै सहायताका लागि भारत तयार छ लुम्बिनीका तीन सांसदसँग जसपा नेपालले माग्यो २४ घण्टे पुनः स्पष्टीकरण मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण ड्युटीमा खटिएको प्रहरीलाई कुटपिट गर्ने युवकविरुद्ध ५ दिन म्याद थप दूधको मूल्य नपाएर सडक आन्दोलनमा उत्रिन बाध्य किसानहरूको पक्षमा सर्वोच्चकाे ऐतिहासिक फैसला साेनमा गाउँपालिकाबाट अशाेक कुमार यादव बने ‘स्टार वडाध्यक्ष’ 

जनकपुरधाममा नेपाल–भारत गोलमेच छलफल

प्रतिक्षा खबर
२०८२ पुष २, बुधबार १९:०१

भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप संस्थापकहरू, युवा उद्यमीहरू तथा एमएसएमई (साना तथा मझौला उद्यम) प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधिहरू उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत देवीसहाय मिणाले भारत–नेपालबिच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता संवाद कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताए । उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सूचना प्रविधि तथा आईटी सक्षम सेवामा भारतको अनुभव र क्षमता नेपाली उद्यमीहरूका लागि अत्यधिक लाभदायक हुने उल्लेख गरे ।

यस कार्यक्रमले दुवै देशका उद्यमीहरूबीच ज्ञान आदानप्रदान, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । भारत–नेपालबीचको आर्थिक तथा प्राविधिक सहकार्यलाई मजबुत बनाउँदै मधेस प्रदेशलाई स्टार्टअप हबको रूपमा विकास गर्न यस्ता पहलहरूले महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।  -न्युज एजेन्सी नेपल

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर