जनकपुरधाम, पुष २ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको औरही गाउँपालिका कार्यसमितिको विस्तारित बैठक सम्पन्न भएको छ।
औरही गाउँपालिका कार्यसमितिका अध्यक्ष कमलदेव मण्डलको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादव प्रमुख अतिथि रहनुभएको थियो भने जिल्ला उपसचिव विकास यादव विशिष्ट अतिथिको रूपमा सहभागी रहनुभएको थियो।
बैठकमा औरही गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्षहरू तथा अगुवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम तथा स्थानीय तहमा पार्टी गतिविधि प्रभावकारी बनाउने विषयमा छलफल गरिएको बताइएको छ।







































































































