Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

नेकपा सरकार संघीयता समाप्त पार्ने षडयन्त्रमा ,अध्यक्ष यादव

प्रतिक्षा खबर
२०७७ मंसिर २०, शनिबार १९:०४

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली नेतृत्वको नेकपा सरकार मुलुकवाट संघीयता र गणतन्त्रलाई लाई समाप्त पार्ने षडयन्त्र गरि रहेको आरोप लगाउनु भएको छ ।
नेपाल बौद्धिक पेशाकर्मी महासंघले आज जनकपुरधाममा आयोजना गरेको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यदवले मुलुकलाई धरासाही बनाउन सरकार उद्धत रहेको बताउनु भयो ।
सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले समेत ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै प्रतिवेदन पेश गरेकाले पनि यो कुरा प्रष्ट भएको उहाँको जिकिर छ । अध्यक्ष यादवले विभिन्न कालखण्डमा व्यवस्थाहरू परिवर्तन भए पनि शासक वर्ग परिवर्तन हुन नसकेकाले उपलब्धिहरू गुम्ने खतरा बढेको बताउनुभयो । संरचनागत विभेदलाई निरन्तता दिने उद्देश्यले नै पहिचानविहीन सात प्रदेश बनाइएका ेसमेत उहाँको आरोप छ ।
उनले मधेश जनविद्रोहवाट प्राप्त उपलव्धिहरु संस्थागत हुन्छ भने एकात्मक प्रणाली समाप्त हुने डरले विगत देखि सत्तासुखमा रमिएकाहरु चरैतिरवाट कसरी यसलाई समाप्त गरु प्रपञ्च रचि रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई व्यवस्थापन गर्न सबै दल चुकेको टिप्पणी गर्नुभयो । उहाँले संघीय सरकारद्वारा निर्मित प्रतिकुल अवस्थामा समेत काम गरेको भन्दै प्रदेश २ सरकारको प्रशंसा गर्नुभयो । नेता भण्डारीले बुद्धिजीबीहरूसँग हातेमालो गरी अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिनुभयो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बौद्धिक वर्गका सल्लाह सुझाव लिएर अघि बढ्ने आश्वासन दिनुभयो । उहाँले कर्मचारीतन्त्रबाट असहयोग गराउँदै आएको संघीय सरकारले पछिल्लो समय कानुनहरू नै बनाएर प्रदेश सरकारका अधिकारहरू कटौती गर्न थालेको आरोप समेत लगाउनुभयो । उहाँले संघ सरकारका संघीयता विरोधी गतिविधिलाई परास्त गर्न आफूहरूले कानुनी लडाईं लड्दै आएका पनि स्मरण गराउनुभयो ।
त्यसैगरी, महासंघका उपाध्यक्ष जितेन्द्र यादवले संविधानले दिएको मौलिक हकसमेत संघीय सरकारले खोस्ने काम गरेको आरोप लगाउनुभयो । कार्यक्रममा सहभागीहरूले प्रदेश सरकार बौद्धिक वर्गसँग समन्वय नगरी अघि बढेको गुनासो गरेका थिए । उनीहरूले प्रदेशमा व्याप्त बरोजगारीका साथै शिक्षा, स्वास्थ्य, कृषिसहित क्षेत्रमा विशेष ध्यान दिन प्रदेश सरकारलाई सुझाव दिएका थिए । कार्यक्रममा मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेश सांसद् रामअषिश यादवका साथै विभिन्न क्षेत्रका विज्ञ तथा बौद्धिक पेशाकर्मीहरूको सहभागिता थियो । महासंघले प्रदेश २ का बौद्धिक व्यक्तिहरूसँग नेपालको वर्तमान राजनीतिको विषयमा सुझाव लिई अगाडिको रणनीति बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर