Advertisement
ताजा खबर
केन्द्रिय निर्देशनलाई अवज्ञा गर्दै जसपा सांसदद्वारा लुम्बिनी सरकारलाई समर्थन औरही नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा नेपाल र भारतबिच एकअर्काको भोगचलनमा रहेको जग्गा नापजाँच गर्ने सहमति नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु महोत्तरीका व्यक्ति हुन्डी कारोबारको आशङ्कामा ५१ लाख नगदसहित पक्राउ भूकम्पबाट मृत्यु हुनेको संख्या १८० नाघ्यो, उद्धारकार्य जारी सन्दीप लामिछाने : कठिन समयमा कप्तान, ओडीआई मान्यता जोगाउने चुनौती सोनमा गाउँपालिकामा स्वास्थ्यकर्मी तथा स्वयंसेवकलाई बैग, छाता, डायरी र त्रिपाल वितरण रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

मधेशमा मन्त्री नियुक्त बिच्छालाई राप्रपाले सोध्यो २४ घण्टे स्पष्टीकरण

प्रतिक्षा खबर
२०८२ कार्तिक २५, मंगलवार १६:३१

२५ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छालाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

पार्टीको नीति, सिद्धान्त र हित विपरीत हुनेगरी गैर जिम्मेवारपूर्वक एवं अनुशासनहीन कार्य गरेको भन्दै राप्रपा अनुशासन समितिले उनीसँग स्पष्टीकरण सोधेको हो ।

केन्द्रीय अनुशासन समितिका सदस्य सचिव भक्ति प्रसाद सिटौलाले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भन्दै पत्र पठाएको हो ।

‘…सो सम्बन्धमा तपाईंलाई राप्रपाको विधान २०४८ (संशोधन सहित २०७८) दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ? नपर्ने भए प्रमाण सहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न केन्द्रीय अनुशासन समितिको निर्णय अनुसार अनुरोध गर्दछु,’ सिटौलाले उनलाई पठाएको पत्रमा उल्लेख छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो नै मधेश प्रदेश सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए ।

मधेशमा रातारात एमाले नेतृत्वमा सरकार गठन भएपछि विवाद बढेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर