Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

मिसन २०८४ का लागि जसपा–लोसपाबीच होला त गठबन्धन

प्रतिक्षा खबर
२०८० कार्तिक १०, शुक्रबार २०:५९

२०८४ मा हुने चुनावका लागि मधेसमा गठबन्धन बनाउने प्रयास भइरहेको छ । जसअनुसार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच चुनावी गठबन्धन हुने आन्तरिक छलफल सुरु भएको छ ।
जसपा स्रोतका अनुसार नेताहरुको बीचमा अनौपचारिक कुराकानी सुरु भएको छ । जसपाका एक नेताले भने, ‘अहिले चुनाव आउन धेरै समय बाँकी छ । त्यतिबेलासम्म देशमा के हुन्छ ठेगान छैन, चुनाव भयो भने दुई दलको बीचमा एकता हुन सम्भावना छ ।
तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरण भएर जसपा नेपाल बनेको थियो । तर त्यो एकीकरण एक वर्ष पनि टिकेन । महन्थ ठाकुर पक्षका नेताहरु जसपाबाट अलग भएर लोसपा गठन गरेका थिए ।
२०७९ मा पनि यी दुई पार्टी चुनावी गठबन्धन प्रयास भएको थियो तर भर्खर पार्टी विभाजन भएको कारण गठबन्धन हुन सकेन । जसपा एमालेसँग र लोसपाले काँग्रेस–माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा भाग लिएका थिए ।
२०७९ मा दुवै दलले सोचेजस्तो नतिजा ल्याउन नसकेपछि आगामी चुनावमा गठबन्धन गरेर जाने विषयमा छलफल भइरहेको बताइएको छ ।
जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले राजनीतिमा असम्भव भने कुरा केही नभएको तर हालसम्म सहकार्यबारे कुनै कुराकानी नभएको जिकिर गरे । उनले भने, ‘जसपा–लोसपा गठबन्धन भयो भने मधेसी जनता खुशी नै हुन्छन् । तर, अहिले त्यस्तो गतिविधि छैन ।’
२०८४ सम्म लोसपाको अवस्था के हुने, त्यसमा पनि गठबन्धन हुने नहुने कुराको भर पर्ने जसपाका नेताहरुले बताए । जसपाका एक जना कार्यकारिणी सदस्य भन्छन्, ‘लोसपा विघटनतर्फ गइरहेको छ । त्यो पार्टी छाडेर नेताहरु अन्यत्र गइरहेका छन् । चुनाव आउँदासम्म लोसपा रहन्छ कि रहन्न, ठेगान छैन । यदि रह्यो भने गठबन्धन हुने सम्भावना प्रबल छ ।
लोसपाका सहमहासचिव सन्तोष मेहताका अनुसार लोसपा र जसपाबीच गठबन्धन होस् भनि मधेसी जनताले चाहेका छन् । यी दुबैबिच धेरै कुरा मिल्ने उनको भनाइ छ । त्यसैले, राजनीतिक हितका लागि एक हुनुपर्ने उनले जोड दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर