Advertisement
ताजा खबर
विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा प्रहरीको गाडीले ठक्कर दिँदा एक बालक गम्भीर घाइते एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी

भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदीबन्दी भागे, दुई जना गाेली लागेर घाइते

प्रतिक्षा खबर
२०८२ भाद्र २५, बुधबार ०६:५३
२५ भदाै, हेटाैंडा । मकवानपुरकाे क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन् ।

राति १२:५५ बजे कारागारकाे ‘क’ ब्लकमा रहेका केदीबन्दीहरूले तीन वटा गेट फुटाएर बाहिर निस्किन खाेजेका थिए । उक्त ब्लकका २६० जना कैदीबन्दीले कारागारकाे पश्चिम तर्फकाे पर्खाल भत्काएर भागेकाे कारागार प्रमुख सुवास पाैडेलले जानकारी दिए । ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकाेमा करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएकाे उनले बताए ।

सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएकाे कारागार प्रमुख पाैडेलले जानकारी दिए ।

झडपमा सेनाले चलाएकाे गाेली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूकाे हेटाैंडा अस्पतालमा उपचार भइरहेकाे छ । कारागारकाे गाडी लिएर भाग्ने क्रममा टायरमा गाेली चलाउँदा कैदीबन्दीलाई लाग्न पुगेकाे पाैडेलले जनाए ।

कैदीबन्दीहरूले कारागारमा ताेडफाेड र आगजनी गरेका छन् । सेनाले स्थिति नियन्त्रणमा लिन २०० हवाई फायर गरेकाे थियाे ।

सशस्त्र प्रहरीले पनि २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेकाे थियाे । कारागारकाे अर्काे ‘ख’ ब्लक भने सुरक्षित रहेकाे कारागार प्रमुख पाैडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर