Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

पश्चिम नवलपरासीमा ७७ जनामा कोरोना संक्रमण पुष्टी, ५५ जना निको भए

प्रतिक्षा खबर
२०७८ जेष्ठ ५, बुधबार २२:३८

उर्मिला यादव यात्री
जेठ ५
पश्चिम नवलपरासीमा बुधबार ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणबाट ५८ र एन्टिजेनबाट १९ जना गरी ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । यो संगै जिल्लामा कुल संक्रमितको संख्या तीन हजार, तीन सय पुगेको छ । आज सबै भन्दा बढी सुनवल नगरपालिकामा १२ जना महिला र १४ जना पुरुष गरी २६जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी बर्दघाट नगरपालिकामा २३ जना, रामग्राम नगरपालिकामा ६ जना, सरावल गाउपालिकामा ३ जना, प्रतापपुर गाउपालिकामा ६ जना, सुस्ता गाउपालिकामा ११ जना र पाल्हिनन्दन गाउपालिकामा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यस्तैगरी आज कोरोनाबाट ५५ जना निको भएका छन भने जिल्लामा कुल १हजार ८ सय २ जना कोरोना संक्रमित निको भएका छन । यस्तै गरी जिल्ला मा सक्रिय संक्रमितको संख्या १ हजार तीन सय ९५ रहेको छ । आज बुधबार कोरोना संक्रमणबाट जिल्लामा ६ जनाको ज्यान गएको छ । ज्यान जानेमा सुनवल नगरपालिका वडा नम्बर ५ की ७५ बर्षिय महिलाको सुनवल आइसोलेसन सेन्टरमा , सुनवल नगरपालिका वडा नम्बर तीनका ८७ बर्षिय पुरुषको होमआइसोलेसनमा , प्रतापपुर गाउपालिका वडा नम्बर ६ का ५२ बर्षिय पुरुषको पृथ्वी चन्द्र अस्पताल परासीमा, रामग्राम नगरपालिका वडा नम्बर ६ की ५४ बर्षिय महिलाको भिम अस्पताल भैरहवा र रामग्राम नगरपालिका वडा नम्बर ७ की ४७ बर्षिय एक महिलाको युसीएमएस भैरहवामा मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या एक सय तीन पुगेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर