बर्दीवास, भदौ २० गते ।
मधेस प्रदेश स्तरीय किशोर–किशोरी भेला २०८२ बर्दिबासमा सम्पन्न भएको छ । राष्ट्रिय किशोर सञ्जाल र राष्ट्रिय किशोरी सञ्जालको आयोजनामा भएको हो । भेलाको संयोजन सिविन नेपाल र गर्लस् नोट विर्डस संस्थाले गरेका थिए भने सेभ द चिल्ड्रेनले सहयोग प्रदान गरेको थियो ।
सम्पन्न भएको कार्यक्रम राष्ट्रिय किशोरी सञ्जालकी महासचिव कृतिका धितालको अध्यक्षता र मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा सिविन नेपालका अध्यक्ष माधव प्रधान, एनआरएनए नेपालका अध्यक्ष भिक्षु पियादशी, की अध्यक्ष निरजिना भट्ट, राष्ट्रिय किशोर सञ्जालका केन्द्रीय सदस्य राजन दासलगायतका सरोकारवालाहरूको उपस्थिति थियो ।
मन्त्री जयसवालले मधेशक प्रदेशमा विद्यमान असमानता, विकृति, जातीय विभेद, बालविवाह तथा छिट्टै हुने विवाह जस्ता समस्या समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँगै नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले मधेश प्रदेशले पहिलोपटक बालिका संरक्षण ऐन, नीति तथा बालिका कोष सञ्चालन गरी बालिका सशक्तिकरणलाई प्राथमिकता दिएको जानकारीसमेत दिए ।
साथै, यस वर्षको बजेटमा पर्याप्त स्रोत विनियोजन गरिएको र दहेज प्रथा, बालविवाह तथा छिट्टै हुने विवाह न्यूनीकरणका लागि सामूहिक विवाह कार्यक्रमसमेत नीतिगत रूपमा समावेश गरिएको उनले बताए ।








































































































