Advertisement
ताजा खबर
पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा

मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिक्षा खबर
२०८२ भाद्र १३, शुक्रबार १६:२६

जनकपुर,भादौ १३ । मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो कुरा राख्ने समय दिएका थिए ।

प्रमुख प्रतिपक्षका सांसदहरुले २०८२÷०८३ को बजेट वक्क्तव्यमा विपक्षी बिना बहुमत पद्धतीबाट बजेट पारेत गरिएको, नाटकीय रुपमा कार्यदल गठन गरी कार्यदलमा सरकारकै प्रतिनिधिलाई राखिनु र समस्या समाधान गर्नुको साटो अल्पमत र बहुमतको खेल गरेको आरोप लगाएका छन्  ।

बहुमतको बल प्रयोग गरी बजेट पास गरेकाले अब ऐन कानुन बनाउन किन हामीलाई खोज्नुपर्यो भनेर प्रमुख प्रतिपक्षका सांसदहरुले प्रश्न गरेका छन् ।

उनीहरुले बजेटमा देखिएको अनियमितता, बिचौलिया हाबी र रेड बुकमा देखिएको गडबडीलगायतका समस्या समाधान नभएसम्म र अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरुले बैठक अवरुद्ध राख्ने चेतावनी दिएका छन् ।

साथै पहिला गठन गरिएको संसदीय छानबीन समितिले अहिलेसम्म कार्यान्वयन किन भएन भनेर उनीहरुले समामुख मण्डललाई प्रश्न गरेका थिए ।

त्यसपछि समाभुख मण्डलले मधेश प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरे । करिब १ महिनापछि बसेको बैठक हिजो पनि जसपा नेपालका सांसदसहित प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्रीको राजिनामा माग गर्दै अवरुद्ध गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर