Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

मदिरा सेवन गरेर वडाध्यक्षले कुटे शिक्षक, शरीर बन्धक तथा कुटपिट मुद्दामा पक्राउ

प्रतिक्षा खबर
२०८२ भाद्र १०, मंगलवार २०:५३

१० भदौ, । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।

पर्सा बहुदरमाई घर भई हाल प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको समूहले वडा कार्यालयमा बन्धक बनाएर कुटपिट गरेका हुन् ।

शिक्षक यादवलाई अर्धनग्न बनाएर पाता फर्काए हता बाँधेर कुटपिट गरिरहेको भिडियो नै बाहिरिएको छ । उनी स्मार्ट कोचिङका शिक्षक हुन् । घटना गत २८ साउनको हो ।

केही व्यक्तिहरूले आफूलाई समातेर लगेपछि वडा कार्यालयमा बन्धक बनाएर वडाध्यक्ष कुशवाहासहितले कुटपिट गरेको  पीडित शिक्षक यादवको गुनासो छ ।

‘केही व्यक्तिले मलाई वडाध्यक्षले बोलाइरहेको भनेर समात्न आए । कलर समातेर लगेपछि वडाध्यक्ष कुशवाहाले नलकटुवा देखाएरभित्र बस्न भने । भित्र लगेर अर्धनग्न बनाए, हातखुट्टा बाँधे । ३/४ लात खुट्टाले हाने । त्यसपछि कुटपिट गरिरहे,’ उनले आफूमाथि भएको घटनाको वृतान्त सुनाए ।

उनका अनुसार वडाध्यक्ष कुशवाहा मादक पदार्थ सेवन गरेका थिए । त्यस बखत ८ जना बसेर रक्सी खाँदै आफूमाथि कुटपिट गरेका थिए ।

वडाध्यक्ष कुशवाहाले सादा कागजातमा जबजरजस्ती औंठाछाप र हस्ताक्षर गराएको, मारेर फाल्नसम्मको धम्की दिएको उनले बताए ।

घटना लगतै पीडित शिक्षक यादवले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए । परीक्षा अभ्यासका लागि प्रश्नपत्रको फोटोकपी गराइरहेको समयमा अचानक अध्यक्षको समूहले आफूलाई समातेर लगेको पीडित शिक्षकले दिएको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक तथा कुटपिट मुद्दामा कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गाउँपालिका अध्यक्ष विनोदप्रसाद जयसवालले प्रहरीमा पीडिले जाहेरी दिए लगतै वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए ।

कुशवाहा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । घटना बाहिरिएपछि माओवादीले उनलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर