Advertisement
ताजा खबर
धार्मिक सद्भाव भड्काउने प्रयास गरेको आरोपमा गौशालाबाट युवक पक्राउ टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा

☰

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्र पक्षधरको हस्ताक्षर संकलन

प्रतिक्षा खबर
२०८० फाल्गुन ७, सोमबार १९:४४

७ फागुन, काठमाडौं । ललितपुरको गोदावरीमा आजदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ ।
केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो । बैठकको पहिलो दिन २०४ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।
‘सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’का संयोजक भण्डारी सहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए ।
उनीहरुले हिन्दू राष्ट्रको एजेण्डालाई विशेष पूरक प्रस्ताव भनेका छन् । यो प्रस्तावको पक्षमा गोदावरीमा महासमितिका सदस्यहरुलाई हस्ताक्षर गराउने अभियान चलाइएको छ ।
तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्काले थालेको यो अभियानले २०७९ को त्रिवेणी महासमिति बैठक र २०७८ को काठमाडौं महासमिति बैठकमा पनि हस्ताक्षर संकलन गरेको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर