Advertisement
ताजा खबर
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

प्रेस मञ्च नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन भदौ १७ गते हुने

प्रतिक्षा खबर
२०८२ श्रावण २०, मंगलवार २२:२३

गोपाल झा , महोत्तरी साउन १८ गते

प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिको दोश्रो अधिवेशन आगामी भदौ १७ गते हुने तय भएको छ । शनिबार धनुषाको ढल्केबरमा सम्पन्न प्रदेश समितिको बैठकले उक्त मितिमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकको अध्यक्षता मञ्चका मधेस प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवले गरेका थिए ।

बैठकमा प्रदेश अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारीको खाका प्रस्तुत गरिएको थियो । उक्त अधिवेशनले संगठनलाई थप सुदृढ गर्ने र पत्रकारहरूको हकहितका विषयमा रणनीति तय गर्ने लक्ष्य लिएको छ ।  प्रदेश समितिको बैठकले भदौ ११ गतेभित्र मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । यसअन्तर्गत जिल्लास्तरीय नेतृत्व चयन गरी प्रदेशमा प्रतिनिधित्व सुनिश्चित गरिनेछ । त्यस्तै, बैठकले भदौ १२ गतेभित्र सबै जिल्लाहरूले जिल्ला समितिको आधिकारिक लेटरहेडमा निर्वाचित पदाधिकारी, सदस्यहरू तथा प्रदेश पार्षदहरूको नामावली प्रदेश समितिमा पठाउनु पर्ने निर्णयसमेत गरेको छ ।

अधिवेशनको तयारीलाई तीव्रता दिँदै मञ्चले जिल्ला तहका सम्पूर्ण पत्रकारलाई सक्रिय सहभागिता जनाउन अपिल गरेको छ । पत्रकारहरूका समस्या, सुरक्षा, तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका मुद्दाहरू अधिवेशनको मुख्य एजेन्डा हुने बताइएको छ ।

प्रेस मञ्च नेपाल पत्रकारहरूको साझा मञ्चका रूपमा परिचित छ , जसले निष्पक्ष पत्रकारिताको प्रवद्र्धन गर्दै देशभर पत्रकारहरूको हकहितमा क्रियाशील भूमिका निर्वाह गर्दै आएको छ । मधेस प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको यो अधिवेशन मञ्चको आगामी नीति, योजना र नेतृत्व चयनका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

यो भन्दा पहीले यस समाचारमा भुल बस फोटो अर्कै पोष्ट भएकोले क्षमा याचना गर्द छु ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर