Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

प्रेस मञ्च नेपाल मधेश प्रदेशको दोस्रो अधिवेशन भदौ १७ गते हुने

प्रतिक्षा खबर
२०८२ श्रावण २०, मंगलवार २२:२३

गोपाल झा , महोत्तरी साउन १८ गते

प्रेस मञ्च नेपाल मधेस प्रदेश समितिको दोश्रो अधिवेशन आगामी भदौ १७ गते हुने तय भएको छ । शनिबार धनुषाको ढल्केबरमा सम्पन्न प्रदेश समितिको बैठकले उक्त मितिमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । बैठकको अध्यक्षता मञ्चका मधेस प्रदेश अध्यक्ष अभरेन्द्र कुमार यादवले गरेका थिए ।

बैठकमा प्रदेश अधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारीको खाका प्रस्तुत गरिएको थियो । उक्त अधिवेशनले संगठनलाई थप सुदृढ गर्ने र पत्रकारहरूको हकहितका विषयमा रणनीति तय गर्ने लक्ष्य लिएको छ ।  प्रदेश समितिको बैठकले भदौ ११ गतेभित्र मधेस प्रदेश अन्तर्गतका ८ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ । यसअन्तर्गत जिल्लास्तरीय नेतृत्व चयन गरी प्रदेशमा प्रतिनिधित्व सुनिश्चित गरिनेछ । त्यस्तै, बैठकले भदौ १२ गतेभित्र सबै जिल्लाहरूले जिल्ला समितिको आधिकारिक लेटरहेडमा निर्वाचित पदाधिकारी, सदस्यहरू तथा प्रदेश पार्षदहरूको नामावली प्रदेश समितिमा पठाउनु पर्ने निर्णयसमेत गरेको छ ।

अधिवेशनको तयारीलाई तीव्रता दिँदै मञ्चले जिल्ला तहका सम्पूर्ण पत्रकारलाई सक्रिय सहभागिता जनाउन अपिल गरेको छ । पत्रकारहरूका समस्या, सुरक्षा, तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएका मुद्दाहरू अधिवेशनको मुख्य एजेन्डा हुने बताइएको छ ।

प्रेस मञ्च नेपाल पत्रकारहरूको साझा मञ्चका रूपमा परिचित छ , जसले निष्पक्ष पत्रकारिताको प्रवद्र्धन गर्दै देशभर पत्रकारहरूको हकहितमा क्रियाशील भूमिका निर्वाह गर्दै आएको छ । मधेस प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको यो अधिवेशन मञ्चको आगामी नीति, योजना र नेतृत्व चयनका लागि महत्वपूर्ण हुने विश्वास गरिएको छ ।

यो भन्दा पहीले यस समाचारमा भुल बस फोटो अर्कै पोष्ट भएकोले क्षमा याचना गर्द छु ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर