Advertisement
ताजा खबर
महाेत्तरी क्षेत्र नं ४ का जनताहरु पूर्व सांसद काैशल कुमार यादवकाे न्यायकाे पर्खाइमा बाँध भत्किएपछि जलेश्वर जलमग्न सर्पले टाेकेपछी अस्पताल पुगे, उचित उपचार नपाउँदा ज्यान गुमाए मधेशका पूर्वाधार आयोजना अनुगमन गर्न प्रतिनिधिसभाको उपसमिति गठन १९ दिन बन्धक बनाएर बालिका बलात्कार प्रकरण : मुख्य आरोपी पुर्पक्षका लागि कारागार चलान महाेत्तरीकाे जलेश्वरबाट फरार अभियुक्तलाई सांसद हरि ढकाल र रास्वपा कार्यकर्ताले भगाए, समात्न गएकाे प्रहरी रित्ताे हात फर्किए वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ जनप्रतिनिधिबीच भागबन्डा नमिल्दा अझै भएन बजेट पारित जनकपुरमा अग्रगामी मोर्चाको भेला : संघीयता, समानुपातिक प्रतिनिधित्व र मधेश अधिकारका लागि संघर्ष गर्ने उद्घोष महोत्तरीमा युवकको हत्या सेफ्टी ट्यांकीमा भेटियो शव,

☰

मधेशीमाथि निरन्तर अन्याय, किन? : महन्थ ठाकुर

प्रतिक्षा खबर
२०८२ बैशाख २२, सोमबार १२:३४

काठमाडौँ, वैशाख २२ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशको भएकै कारण आफूहरूमाथि सधैँ अन्याय भइरहेको भन्दै विरोध जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घन्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको बताए । उनले उक्त घटनामा को व्यक्ति दोषी छ भन्ने थाहा भएर पनि सरकार चुप लागेर बसेको आरोप लगाए ।

‘हामी जुन पीडा भोगिरहेका छौँ, चाहे थारु होस्, चाहे मधेशी जनजाति होस्, हामीलाई किन निरन्तर अन्याय हुन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘म संसद्‌मार्फत् नेपाली समाजलाई अनुरोध गर्दछु, हामीलाई अनावश्यक जेलमा राखिन्छ । पक्राउ गरेर अपहरणको शैलीमा लगेर थुनेर राखिन्छ । त्यहाँ कुनै कारण हुँदैन । केही छैन । एउटा व्यक्तिको गलत चिठीको आधारमा पक्राउ गरेर लगेर ५ घन्टासम्म जेलमा किन राखियो ? यो हामीमाथि किन भइरहेको छ ?’

उनले राज्यले आफूलाई विजेताकोरुपमा प्रस्तुत गरिरहेको भन्दै विजेता आफैँ कुर्सीमा बसेर न्याय अन्याय छुट्याउन लागिरहेको बताए । ‘राज्य हाम्रो कुरा सुन्दैन । कुनै कारण छैन, तर हामीमाथि अन्याय गरिरहन्छ,’ उनले भने ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर